ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्री ३ महाराज बन्ने ओलीको सपना चकनाचुर पार्नेछौं : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
माघ १५, २०७७ बिहीबार  ४ : ४२ बजे

बुटवल, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ महाराज बन्न चाहनेहरुलाई चकनाचुर पार्ने  बताउनुभयो । प्रचण्ड–नेपाल नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै अध्यक्षले प्रचण्डले श्री ३ महाराज बन्नेहरुलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने बताउनु भएको हो । ओलीले संविधानको घाँटी रेट्ने काम गरेको प्रचण्डले आरोप समेत लगाउनुभयो । उहाँले भन्नुभयो ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीलाई चुट्कीको भरमा अन्त्य गर्ने हुनेछ’, प्रचण्डले भने, श्री ३ बन्ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।

प्रचण्डले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री गरेको स्मरण गर्दै प्रचण्डले अहिले ओली सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताउनुभयो । प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको बताउँदै आफुले अदालतप्रति कुनै शंका गर्न नचाहेको समेत बताउनुभयो । सभालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीका प्रतिगमनकारी र निरंकुश कदमलाई जनताले हराएर छाड्ने दाबी गर्नुभयो । ओलीमा निरंकुशताको प्रेत जागेको आरोप लगाउँदै भुसालले एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भन्दै आएको हुँदा आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com