ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने


एबीसी / संवाददाता

काठमाडौं, १४ माघ। कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्नुहुनेछ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनु हुने भएको छ । बिहान १० बजे शुरु हुने खोप अभियान अन्तर्गत आफूले पहिलो खोप लगाउने डाक्टर राजभण्डारीले बताउनुभयो । उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउनुहुनेछ । खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले अस्पतामा हुने कार्यक्रममा पहिलो खोप लगाउन लागेको उहाँले बताउनुभयो ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता

कमिटी बैठक सकियो : ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – प्रवक्ता श्रेष्ठ

काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपाको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ।पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो बसेको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने

देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी : देउवाले पार्टी पदाधिकारी बैठक बोलाए

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गर्नुभएको

सम्बन्धित

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

कमिटी बैठक सकियो : ओलीले तत्काल राजीनामा दिए एकताको सम्भावना – प्रवक्ता श्रेष्ठ

देउवा, प्रचण्ड र माधव नेपालबीच २० मिनेट कुराकानी : देउवाले पार्टी पदाधिकारी बैठक बोलाए

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने ओली समूहको निर्णय

यस्तो छ अबको सत्ता समीकरण : नयाँ प्रधानमन्त्री को बन्दै ?

राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ – अध्यक्ष प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com