ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

अमेरिकी राजदूत बेरी र प्रचण्डबीच भेटवार्ता


एबीसी / संवाददाता

काठमाडौँ, १२ माघ । अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो आन्तरिक राजनीतिक घटनाक्रम र केही दिन अघिमात्र आफ्नो ४ वर्षे कार्यकाल सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको थियो ।
भेटपछि ट्वीट गर्दै राजदूत बेरीले भन्नुभएको छ ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले प्रचण्डलाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

स्रोतका अनुसार उक्त भेटमा बेरीले दाहालसँग नेपालको आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा पनि जिज्ञासा ब्यक्त गर्नुभएको थियो । प्रचण्डलेले बेरीसँग राजनीतिक घटनाक्रमबारे आफ्ना कुराहरु राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै नेपालको आन्तरिक राजनीतिमा फेरि अन्योल सिर्जना भइरहेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले सबैभन्दा पहिले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गर्नुभएको थियो । अमेरिकी दूतावासका अनुसार यी भेटवार्ताहरु नेपाल सरकार र राजनीतिक दलका नेताहरुसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरुबारे छलफल गर्न राजदूत बेरीले उच्चस्तरीय बैठकहरु गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे बस्दै

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाक्नु भएको छ । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै : सत्ता समीकरणबारे प्रतिपक्षमा कांग्रेसले पनि आन्तरिक छलफलमा

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक

पाँचै जना कर्णाली हामफालेका आशंका : दुई दिदीबहिनीको हात बाँधिएको अवस्थामा शव भेटियो

काठमाडौं, २५ फागुन । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा

सम्बन्धित

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै : सत्ता समीकरणबारे प्रतिपक्षमा कांग्रेसले पनि आन्तरिक छलफलमा

एमालेको गणित : नेपाल र ओली पक्षमा कति संसद र केन्द्रीय कमिटी सदस्य कति ? नामसहित

भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरु

संसद्को पहिलो बैठक नै सुखद भएन, धामी नाँच्ने थलो जस्तो बनाए : प्रधानमन्त्री ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com