ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

‘प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी’ – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरू देशविरोधी भएको बताउनुभएको छ ।  आइतबार अपाङ्गता भएका व्यक्तिहरूको समस्या र सवालमा अपाङ्गतासँग सम्बन्धित विभिन्न सङ्घ–सङ्गठनहरूले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरू देशविरोधी भएको बताउनुभएको हो ।

असंवैधानिक भन्नेहरू संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि उहाँले बताउनुभयो । प्रतिनिधि सभा पुनर्स्थापना गर्न चाहनेहरू देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोपसमेत प्रधानमन्त्री ओलीको छ ।

संसद् पाँचै वर्ष हुनका लागि सांसदहरूको जागिर नभएकाले सांसदको काम हेरेर नागरिकलाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उहाँको भनाइ छ । आफूले शासक बन्ने गरि हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अपाङ्गता भएका व्यक्तिहरूको साथमा सरकार रहेको बताउनुभयो । शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने भन्दै अशक्तहरूको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने ओलीले प्रतिबद्धता गर्नुभयो । उहाँले अहिले बालबालिकाहरू सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । सडकमा आउने बालबालिकाहरूलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभूति सरकारले गराउने पनि उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शारीरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेस नखान आग्रह गर्नुभयो । देश विकासमा शारीरिक रूपमा अपाङ्गता भएकाहरूले पनि योगदान दिन सक्ने उहाँको भनाइ छ । देश गरिब भए पनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमी नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

काठमाडौं, १८ फागुन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा जानुभयो । त्यसक्रममा उहाँ जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

काठमाडौं, १८ फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ ९सुरक्षा नियकाहरुको प्रमुख० विपिन

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई आग्रह

काठमाडौं, १८ फागुन । सत्तारुढ दलको प्रचण्डमाधव समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग

सम्बन्धित

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा : यस्तो छ कारण

नेपाली सेनाका पूर्व प्रधानसेनापति क्षत्री र भारतीय सेनाप्रमुख नरवणेबीच भेटवार्ता

विप्लब नेतृत्वको विद्रोही समुह संग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रुपमा प्रयोग नगर्न सरकारलाई आग्रह

आगलागीबाट ताप्लेजुङको दोभानमा करिब तीन दर्जन घर जले, आगो नियन्त्रणतर्फ

ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

सरकारसँग वार्ता गर्न ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवको वार्ता टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com