ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

माइनस २० डिग्रीको चिसोमा गस्ती गर्दै नेपाली शान्ति सेना


एबीसी / संवाददाता

काठमाडौँ, ७ माघ । मुस्ताङको कैसाङस्थित उच्चशिखर तालिम शिक्षालयबाट हिमाली युद्धकला प्रशिक्षण प्राप्त नेपाली शान्ति सेना सिरियाको हिमवर्ती क्षेत्र गोलान हाइटको माउण्ट हर्मनमा खटिएको छ ।
नेपाली सेनाका अनुसार संयुक्त राष्ट्र संघीय (युएन) शान्ति मिसन अन्तरगत द्वन्द्वग्रस्त मुलुक सिरियामा परिचालित शान्ति सेनाले २० फिट हिँउ र माइनस २० डिग्री सेण्टिग्रेड चिसोमा नियमित सुरक्षा गस्ती समेत गर्ने गरेको छ ।

गोलान हाईट क्षेत्रको स्वामित्वको विषयलाई लिएर सिरिया र ईजरायलबीच विगत ४६ वर्षदेखि विवाद जारी छ । दुई देशको बीचमा पर्ने उच्च हिमाली तथा अतिसम्वेदनशील क्षेत्रमा नेपाली शान्ति सेना परिचालन भएको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले गोलान हाईटको माउण्ट हर्मन क्षेत्रमा अहिले पनि विद्युतीय धराप र युद्धरत सशस्त्र समूहको चलखेल हुने गरेको जानकारी दिनुभयो । त्यस क्षेत्रमा खटिएको शान्ति सेना हिमाली युद्धकला प्राप्त जनशक्ति हो ।

नेपाली शान्ति सेनाले बाक्लो हिम क्षेत्रमा प्रयोग हुने साधनहरु पिस्टन बुली, स्किडो र स्कीको प्रयोगबाट सुरक्षा गस्ती गर्दै आएको सेनाले जनाएको छ । नेपाली शान्ति सेनाको साहसिक कार्य, पेशागत दक्षता र विश्वसनियताको युएन र सिरिया सरकारले प्रशंसा गरेको छ ।

त्यस्तैं, सैनिकका लागि आवश्यक ‘हिमाली युद्धकला’ प्रशिक्षणका लागि मुस्ताङस्थित सेनाको उच्च शिखर तालिम शिक्षालय विश्वकै नमूना केन्द्रको रुपमा परिचित छ । उक्त शिक्षालयमा विदेशी सेना समेत प्रशिक्षण लिन आउने गरेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

काठमाडौं, १५  फागुन ।   पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं, १४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गर्नुभएको

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

काठमाडौं, १४ फागुन । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन

सम्बन्धित

साउदीका युवराजको आदेशमा पत्रकार जमालको हत्या :अमेरिकी गुप्तचर

घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै : यस्तो छ पूजाविधी

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

गृह मन्त्रालयले गर्‍यो सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन (सूचीसहित)

प्रधानमन्त्री ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com