ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली जंगेको बाटोमा हिँडे – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं, १३ पुस ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको छ । रोल…
सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताउनुभएको हो । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखे मैले । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं ।

केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनु भयो । त्यहिंबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो ।’ पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पु¥याएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि बताउनुभयो । संविधानले दिँगै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो पार्टी भित्र विवाद चलेको पक्कैपनि हो । अन्तरसंघर्ष चलेको हो । त्यहाँ सही र गलतकोबीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले गुटवादी तरिकाले पार्टी विधि पद्धती भन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो तर त्यो पार्टी भित्रको संघर्ष थियो । पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलंकित हुनुभयो । उहाँले कलंकको टिका लगाउनुभयो । हामी फेरी एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो ।’

प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि बताउनुभयो । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरी एकपटक लडने मुद्दा दिनुभएकोले अव हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । तर पछिलो समय जे भइराखेको छ त्यो क्रान्ती र प्रतित्रान्ती कोबीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाई रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ती र प्रतिक्रान्तीको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगती र दुर्गतीको बीचको लडाईको रुपमा रहेको छ ।’

कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको बिचारमा गम्भिर समस्या देखा पर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा बैचारिक संस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो ‘आज हाम्रो कम्युनिष्ट पार्टी भित्र पनि एउटा ठूलो बैचारिक संंस्कृतिक बिचलन देखा प¥यो । प्रतिक्रान्तीकारी, प्रतिगमनकारी बिचलन देखा प¥यो । हामीले झण्डै ७० वर्ष लामो लडाई लडेर ल्याएको उपलब्धीमाथि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि निर्मम र कुप्रहार भएको छ । कम्युनिष्ट पार्टी भित्रैबाट तपाई हामीले नै अगाडि बढाएको नेतृत्वबाट ७ दशक लगाएर हजारौं हजार सहिदहरुको बलिदान लाखौंको त्याग करोडौंको सहभागिता समूहिक विवेकको प्रयोग गरेर त्यसको साझा निष्कर्षको रुपमा संघीय लोकतान्त्रीक संविधान बनाइएको छ ।’

२०४७ साल पछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । संविधान सभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको बताउनुभयो । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरियो । यो सदन माथिको मात्रै प्रहार होइन । यो सांसदहरुको सार्वभौंम अधिकार माथिको मात्रै प्रहार होइन ।’

उहाँले प्रतिनिधि सभा नमरेको समेत बताउनुभयो । प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो ‘सदन मरेको छैन, सदन जीवित छ । सदन विघटन भएको छैन । सदन जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो । उसले जनताका विरुद्धमा संविधानको मर्म र भावना विपरित गएपछि उ विघटित भएको हो ।’

सम्मानीत अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मान प्रति अपमान भएको ठहर्ने समेत बताउनुभयो । त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसाला गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधान माथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता र समावेसी लोकतन्त्रको हक अधिकार माथिको प्रहार भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीले जुन ढंगले निर्मम प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि, यो देशका सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता, र समावेसी लोकतन्त्रको हक अधिकार माथि जो प्रहार गरेका छन त्यो सही हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com