ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त


एबीसी / संवाददाता
पुस २, २०७७ बिहीबार  ७ : ३८ बजे

काठमाडौं, २ पुस  । अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ ।

नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक नियुक्त भएपछि डेभ व्हाटमरका ब्यवस्थापक कौस्तभ लहिरीले डेभ नेपाली क्रिकेटको स्तर उकास्न र प्रमुख प्रशिक्षकको चुनौतीपूर्ण जिम्मेवारी वहन गर्न तत्पर रहेको प्रतिक्रिया दिनुभएको छ ।
नेपाल क्रिकेट संघ९क्यान०ले करिब तीन महिना अघि प्रमुख प्रशिक्षक, महाप्रबन्धक, क्रिकेट ब्यवस्थापक, प्रमुख आर्थिक अधिकृत लगायतका पदको लागि विज्ञापन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल९आईसीसी०सँगको अनुमतिमा पदपूर्ति गर्नुपर्ने भएकोले प्रकृया लम्बिन पुगेको थियो ।

यसअघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो । प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए । जसमध्ये दक्षिण अफ्रिका अलराउण्डर लान्स क्लुजनर, भारतका चेतन चौहान र श्रीलङ्काका पुबुदु दसानायके हुनुहुन्थ्यो । क्यानले अन्तिम तीन जनाको नाम सिफारिश गर्दा व्हाटमर, दसानायके र भारतीय एकजनालाई क्यान समक्ष सिफारिश गरेको थियो । क्यानले तीनजनामध्ये व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गर्न क्यानलाई सिफारिशसहित अनुमति प्रदान गरेको छ ।

आईसीसीसँगको समन्वयमा क्यानले जनवरी एक देखि लागू हुने गरी एकवर्षका लागि व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । क्यान स्रोतका अनुसार व्हाटमरलाई मासिक दशदेखि १२ हजार डलर तलब तथा अन्य सेवा सुबिधा दिने गरी नियुक्त गरिएको छ । व्हाटमरसँग क्रिकेट श्रीलङ्का, बंगलादेश, जिम्मबाबवे लगायतका राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको अनुभव रहेको छ । सन् २००५ देखि प्रशिक्षक हुनुभएका व्हाटमरलाई बंगलादेश क्रिकेटको स्तर उकास्ने महत्वपूर्ण ब्यक्तिको रुपमा लिइन्छ । उहाँको प्रशिक्षणमा बंगलादेश टोलीलाई अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारत जस्ता टेष्ट मान्यता प्राप्त राष्ट्रलाई एकदिवसीय खेलमा हराउने श्रेय दिइन्छ ।

पटवाललाई दश हजार डलर मासिक तलबमा प्रमुख प्रशिक्षक नियुक्त गरिएको थियो । क्यानले त्यसैगरी, संघले रौनक बहादुर मल्ललाई क्रिकेट नेपालका महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख आर्थिक अधिकृत र बिनोद दासलाई क्रिकेट ब्यवस्थापकमा नियुक्त गरेको छ । दास यसअघि नेपाली क्रिकेट टोलीका कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com