काठमाडौं, २४ मंसिर । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेको छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ६ हजार दुई सय ८६ जनाको नमुना परीक्षण गर्दा एक हजार ५६ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार चार सय ८३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ३० हजार पाँच सय ३७ पुगेको छ । अब नेपालमा १२ हजार दुई सय ४५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय २५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १४ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्