काठमाडौं, २४ मंसिर । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ५ लाख ७८ हजार ६९३ जना संक्रमित बनेका छन् । बुधबार विहान सम्म संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।
अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्