ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह


एबीसी / संवाददाता

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताउनुभएको छ । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उहाँले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताउनुभयो । “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उहाँले भन्नुभयो, “बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ ।”

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताउनुभयो । “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उहाँले भन्नुभयो । बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी पाइएको बताउनुभयो । “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उहाँले भन्नुभयो, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटि भएको भए म सच्याउन आग्रह गर्दछु ।”

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै उहाँले लुम्बिनीमा निर्माण गर्न लागिएको पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले लुम्बिनीलाई प्रकृतिमय, मानवमैत्री, जीवनमैत्री ध्यान केन्द्रका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पारिस्थितिक प्रणालीको नमूनाका रुपमा हामी लुम्बिनीलाई विकास गर्दैछौँ”, उहाँले भन्नुभयो ।

पछिल्ला समय सत्यभन्दा स्वार्थ ठूलो भइरहेकाले समाजमा द्वन्द्व बढ्दै गएको भन्दै उहाँले स्वार्थको भन्दा पनि सत्यको पुजारी बन्न अपिल गर्नुभयो । स्वार्थ हावी हुँदा आफूले देश र जनताका पक्षमा काम गर्दा पनि कुनै पक्षबाट सहयोग नपाएको प्रधानमन्त्रीले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकार लागिपरेको उल्लेख गर्दै उहाँले अब कुनै पनि नेपालीले असुरक्षा र अभाव महसुस गर्नु नपर्ने बताउनुभयो ।

“अब कसैले पनि म हेपिएँ, ठगिएँ, असुरक्षित र अभावग्रस्त छु भन्ने महसुस गर्नु पर्दैन, सरकार आवश्यक र औचित्यका आधार तथा जैविक र न्यायोचित रुपमा प्राप्त गर्नुपर्ने कुरा पूरा गर्न तयार छ ।” चन्दा नदिएकै भरमा केही अवाञ्छित तत्व व्यक्ति हत्यामा उत्रिएका भए पनि सरकार हत्या, हिंसा रोक्न क्रियाशील रहेको बताउनुभयो । सबैले निर्भय भएर बाँच्न पाउने वातावरण सिर्जना गरिने उहाँको भनाइ थियो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आफू सो क्षेत्रमा सर्वदलीय संयन्त्रमा रहँदैदेखि नै विहारको विकासमा लागेको जानकारी गराउँदै ज्येष्ठ नागरिक आवास गृहको निर्माणमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विहारका प्रमुख डा अनोजा गुरुमांले ज्येष्ठ नागरिकलाई सम्मान र सुविधाका लागि रु ३० करोडको लागतमा आवासगृह निर्माण गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आवासगृह निर्माण गर्न धर्मपत्नी राधिका शाक्यका तर्फबाट रु पाँच लाख सहयोग उपलब्ध गराइने घोषणा गर्नुभएको थियो । विहारले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन विपश्यना ध्यान तथा जनस्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com