काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । भोली मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ थापाले भन्नु्भयो ।
पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित भएर प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ ।
यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।








प्रतिक्रिया दिनुहोस्