ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राजावादी’ को प्रदर्शनमा प्रशासन किन मूकदर्शक ?


एबीसी / संवाददाता

काठमाडौँ, २१ मंसिर । पछिल्लो समय काठमाडौंमा ‘राजसंस्था’ र हिन्दु राष्ट्र पुनःस्थापनाको मागसहित ‘राजावादी’ हरूले प्रदर्शन गरेका छन् । राष्ट्रिय नागरिक आन्दोलन–२०७७ को ब्यानरमा शनिबार संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना, नागरिक सरकार र नागरिक आयोग गठनको मागसहित माइतीघर, बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका गरे ।

गृह मन्त्रालयले भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन देशभरका प्रशासनलाई परिपत्र गरे पनि प्रदर्शनकारीलाई कसैले रोकेन । हिजो शनिबार काठमाडौंसहित झापा र चितवनमा पनि प्रदर्शन गरिएको थियो । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीले राष्ट्रिय झन्डा, पूर्वराजा ज्ञानेन्द्र र पृथ्वीनारायण शाहको तस्बिरसहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बिहान ११ बजे माइतीघरमा भेला भएर नारा जुलुससहित बबरमहल हुँदै बानेश्वरमा पुगेर प्रदर्शन कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी, नेपाली सेनाका पूर्वसहायकरथी प्रेमसिंह बस्न्यात, चिकित्सक डा. मनोज झा, लगायतले सम्बोधन गरेका थिए ।

तर गृह मन्त्रालयले उपत्यकासहित देशभर सभा–सम्मेलन, जुलुसलगायत भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गत साता परिपत्र गरेको थियो । गृहको परिपत्रपछि काठमाडौं प्रशासनले केही दिनअघि कोरोना महामारीको जोखिमलाई कारण देखाउँदै काठमाडौं प्रशासनले आमसभा, प्रदर्शन र विरोध जुलुस गर्न रोक लगाएको थियो तर राजावादीले प्रदर्शन रोकेनन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्रदर्शन प्रशासनको अनुमतिबेगर भएको बताउनुभयो ।

उहाले भन्नुभयो , ‘प्रदर्शन हुँदै छ भन्ने अनौपचारिक मात्रै जानकारीमा आएको हो, आयोजकले अनुमति लिएका छैनन् ।’ शान्तिपूर्ण प्रदर्शन भएकाले पनि प्रशासनले बल नगरेको हो उहाँले भन्नुभयो । सत्तारूढ नेकपामा देखिएको आन्तरिक कलह, जनजीविकासँग जोडिएका समस्या थप बढ्दै जानु, सरकार प्रति नागरिकको निराशा थपिँदै जाँदा नागरिक स्तरबाटै राजावादीको प्रदर्शनमा सर्वसाधारणको उपस्थिति पनि बढ्दै गएको केही नागरिक अधिकारकर्मी बताउछन् । सरकार र सत्तारूढ दल नेकपाले जनजीविकासँग जोडिएका समस्या समाधान नगरेकै कारण राजावादीको प्रदर्शनमा मानिसको उपस्थिति बढेको पनि विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com