ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओलीको अर्को पत्र : ‘आरोप–पत्र’बारे हुने छलफलमा सहभागी हुन असमर्थ छु


एबीसी / संवाददाता

काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिनुभयो ।

पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाउनु भएको थियो । पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताउनु भएको थियो ।

प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गर्नुभएको थियो , जसलाई ओलीले लान्छनापत्र भन्नु भएको छ । र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिनुभएको छ । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गर्नुभएको छ ।

ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्‍यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति राख्नु भएको थियो तर निर्णयमा नोट अफ डिसेन्ट भने लेख्नु भएको थिएन । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकको एउटै एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ तय भएको छ । र, थप गृहकार्य गरेर ७ दिनपछि बैठक बस्ने तय भएको छ । २५ मंसिरमा बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस १ गतेलाई सरेको छ ।

ओलीको अर्को पत्र

स्थायी कमिटीका प्रिय कमरेडहरु,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझावमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गतः २०७७ कार्तिक अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले ‘प्रस्ताव’ का नाममा मेरा विरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ ।

पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत वहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग-पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छ । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनु पर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने, महाधिवेशनको तयारी गर्ने र कोभिङ विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर ठोस प्रस्ताव सहित पर्याप्त तयारीका साथ बैठकमा पर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।

तर उक्त अभियोग-पत्र सहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको पार्टीलाई विभाजनको डिलमा पुऱ्याएको त्यस्तो सङ्गीन आरोप-पत्रका बारेमा छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध । परामर्श र सहमतिबाट तय गरिएका ना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैभरि रहँदै आएको छ र भविष्यमा पनि कुरा समेत स्पष्ट पार्न चाहन्छु ।

कमरेडहरु, पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहँदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत, सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्यौ । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखें । त्यसै अनुरुपका संरचना निमार्ण गरिए ।

तर मलाई थाहा थिएन- खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु । तर नपाछ पार्टी नेतृत्वमा नरहने र मलाई स्थायी कमिटीका कमरेड भवादन साहत, नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।

आज पनि म दोहोर्याउन चाहन्छु-महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नु पर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसै अनुरुप सहमतिका आधारमा चल्नु पर्दछ । स्थाका सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु । अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर संकटमा छ ।

यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट परिवर्तन गर्न खोज्ने र व्यग्र नेतृत्वमोह / सत्तामोहका कारण निम्तिएको छ । मैले त पार्टीको एकता आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने गर्दै नेतृत्व हस्तान्तरणको विषय परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् मेरो प्रयाश रहिरहेको छ।

सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनु भएको थियो। आशा छ, यस पटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलनकै भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।

हार्दिक अभिवादन सहित

केपी शर्मा ओली अध्यक्ष एवं प्रधानमन्त्री

२०७७ मङ्सिर २१

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com