काठमाडौं, २१ मंसिर । आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक केहीबेर अगाडि बैठक सकिएको हो।बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली आउनु भएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोल्नु भएको थियो ।
पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची रहेको थियो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाउनु भएको थियो । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाउनु भएको थियो । उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गर्नुभएको थियो ।
बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बाँडिएको छ। उक्त प्रस्ताव पढ्न सात दिन समय दिइएको छ। अब स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेछ। केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । केन्द्रीय समिति बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो।
प्रतिक्रिया दिनुहोस्