ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्रको विवाद मिलाउन नेताहरु दौडधूपमा व्यस्त (भिडियोसहित)


सपना थामी


काठमाडौं २० मंसिर ।  यता, पार्टीका भातृ संगठनको गुट भेला भइरहेका बेला नेकपाका नेताहरु भने पार्टीभित्रको विवाद समाधानका लागि दौडधूप गरिरहेका छन् । आज सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा छलफल भएको छ भने महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि बिहीबार प्रचण्डस“ग छुट्टाछुट्टै भेट गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एकताको रक्षा गर्दै नेकपाभित्र देखा परिरहेका विभिन्न संकट एवम् समस्या समाधानका लागि पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबीचको शिर्ष नेताहरुले एकअर्का पक्षका नेताहरुलाई भेट गरि पार्टी विवाद समाधानका विषयमा उपाय खोज्ने क्रम जारी छ । शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल खुमलटार पुगि अध्यक्ष प्रचण्डस“ग छलफल गर्नुभयो । यस्तै महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अध्यक्ष प्रचण्डस“ग छुट्टाछुट्टै भेट तथा छलफल गर्नुभएको छ । यसअघि नेताहरुको बीचमा अनौपचारिक छलफल, अन्तरक्रिया र संंवादका प्रक्रिया अगाडी बढाइनु उपयुक्त हुने भन्दै नेकपा बैठकले निर्णय गरेको थियो । यसका साथसाथै औपचारिक छलफलका प्रक्रिया पनि अगाडी बढाइने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीस“ग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । भेटवार्ता बारे केही नखुलाइए पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपतिले पहल गर्नुभएको बताइएको छ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि नेकपाभित्रको विवाद झन् बढेको छ । अर्को बैठक शनिबारको लागि बोलाइएको छ । शनिबार सचिवालय बैठक बस्नुअघि सहमतिको लागि अनौपचारिक छलफल हुने नेताहरुले बताएका छन् । तर यसबीचमा सहमतिको प्रयास भन्दा दुवै पक्ष आ–आफ्नो रणनीति बनाउन व्यस्त छन् । समस्याहरुको कारणको पहिचान गर्दै पार्टीको समस्याको समाधान गर्ने दिशातर्फ जानेगरि छलफल अगाडी बढाउने प्रयत्न निरन्तर रहेको पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

नेकपा अध्यक्षद्धय ओली र प्रचण्डले राख्नुभएका छुट्टाछट्टैु प्रस्तावहरु र एकअर्कामा गुम्सिएका असन्तुष्टिहरु समेत बैठकमार्फत छिनोफानो हुनुपर्ने नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल बताउनुहुन्छ । स्थायी समितीले टुंगो नलगाए केन्द्रिय कमिटीले अनिवार्यरुपमा टुंगो लगाउनैपर्छ भन्ने भनाई वरिष्ठ नेता नेपालको छ । दुइ पार्टी एकीकरण हुदा न्यूनतम आधारहरुमा समेत नटेकिएको भन्दै वरिष्ठ नेता नेपालले महाधिवेशन गर्ने आधार समेत नभएको बताउनुभयो ।

नेकपामा प्रचण्ड–माधव पक्ष्ँ भने सहमति र बहुमतको आधारमा पार्टीका समस्याहरुलाई समाधान गर्नुपर्नेमा र ओली पक्षले भने दुवै पक्षको प्रस्ताव फिर्ता लिइ साझा प्रस्तावसहित अगाडी बढ्नुपर्नेमा जोड दिइरहेका छन् । पछिल्लो समय भएको नेकपाका शिर्ष नेताहरुबीचको द्धिपक्षीय छलफल, बहस एवम् कुराकानीहरुले भोली शनिबार दिउ“सो १ बजे बस्ने सचिवालयको बैठक अगाडी नैसमझदारी हुने झिनो आसा भने पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com