ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छौँ – भारतीय विदेशमन्त्री एस जयशंकर


एबीसी / संवाददाता
मंसिर १९, २०७७ शुक्रबार  ७ : ०४ बजे

काठमाडौं, १९ मंसिर । भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभएको छ ।

भारतीय अंग्रेजी दैनिक दि हिन्दूसँगको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले विगतमा नेपालसँग केही समस्या र असमझदारी भए पनि पछिल्ला केही साता दुबै देशबीच समझदारी विकास हुँदै गएको बताउनुभयो ।

सीमा विवादका कारण लामो समयदेखि संवादहीन रहेका दुई मुलुकबीच पछिल्लो समय औपचारिक वार्ता थालनी भएको छ ।

जयशंकरले छिमेकीहरुबीच समस्या हुनु सामान्य भन्दै अधिकांश छिमेकीमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेकाले समेत विवाद देखिने गरेको बताउनुभयो ।

समस्या समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने मुख्य प्रश्न भएको उहाँको भनाइ छ ।

भारतीय विदेशमन्त्री जयंशकरले नेपालको संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धबारे निष्कर्षमा पुग्न नहुने बताउनुभयो ।

भारतले नेपालले नयाँ संविधान जारी गर्दा विरोध जनाएको थियो । संविधानमा आफ्नो सुझाव समेट्न दबाब दिन त्यतिबेला विदेश सचिव रहेका जयशंकर नै काठमाडौं आउनुभएको थियो ।

तर नेपालले भारतीय दबाबको बेवास्ता गर्दै संविधान जारी गरेको थियो । त्यसपछि भारतले ६ महिनासम्म अघोषित नाकाबन्दी लगाउँदा नेपाली जनताले दुःख पाउनुका साथै अर्थतन्त्रमा ठूलो असर परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com