काठमाडौँ, १८ मंसिर । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ हजार ५५२ पुगेको छ । २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ ।
आज देशभर १ हजार ३४३ जनालाई कोरोना पुष्टि भयो । त्यस्तै, २ हजार १११ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने निको हुनेको संख्या २ लाख २० हजार २७२ रहेको छ । अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्