ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको दोस्रो लहरको संक्रमण तीब्र, मृत्युहुनेको संख्यामा पुन: नयाँ रेकर्ड


एबीसी / संवाददाता

काठमाडौँ, १८ मंसिर । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

बिहिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो । चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

विहिवार विहानसम्म विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ ।दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ३२८ जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५९ हजारभन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ६४८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५९ हजार ६९९ पुगेको छ ।जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५७ हजार ४५ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्। संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १५ हजार ९०४ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार ८०६ जनाको मृत्यु भएको छ ।उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ७९ हजार ८४५ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ६ हजार ७६५ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।यस्तै एसियाली मुलुकमा २ लाख ९५ हजार १५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६७२ जनाको मृत्यु भएको छ ।एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २७ हजार ९०० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा संक्रमणले मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३२९ जनाको मृत्यु भएको छ ।अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । विहिवार विहान सम्म २१ हजार ७०९ संक्रमितको मृत्यु भएको छ । यस्तै ओसियानामा १ हजार १९ संक्रमितको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार ९७० जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८३ लाख ९७ हजार २३० पुगेको छ । यसमध्ये १ लाख ६ हजार ४५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ४८ लाख १६ हजार ७४८ पुगेको छ । त्यसमध्ये ४ करोड ४९ लाख २१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com