ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता


काठमाडौं, १७ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महाङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकारको नीति कार्यान्वयनका क्रममा गुनासा आएकाले आफूले अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा तत्परता लिएको बताउनुभयो ।

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो । “रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन”, उहाँले भन्नुभयो ।

कुनै पनि कुरा निजी क्षेत्रलाई ‘इम्पोज’ नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निरन्तर संवाद र छलफलमा रहिरहन्छौँ । सुझाव सुन्छौँ । मिलेर काम गर्छौं ।” अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगतरुपमा समेत छलफल गर्ने भन्दै व्यावहारिक र कार्यान्वयन जान सकिने सुझाव दिन क्षेत्रलाई आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिनुभएको थियो । महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिइ सरकारसँगको सहकार्यमा अघि बढाउने बताउनुभयो । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com