ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा उच्चस्तरीय भ्रमण संयोगवश मात्रै हो या, यसमा रणनीतिक एवम् राजनीतिक कारण ? (भिडियोसहित)


सपना थामी

काठमाडौं, १७ मंसिर ।  पछिल्लो समयमा दुई छिमेकी शक्तिराष्ट्र भारत र चीनबाट उच्चस्तरीय नेपाल भ्रमणको क्रम बाक्लिएको छ । यो उच्चस्तरीय भ्रमण संयोगवश मात्रै हो या, यसमा रणनीतिक एवम् राजनीतिक कारण बढी छन् भन्ने विषयलाई विश्लेषकहरुले अर्थपूर्णरुपमा हेरिरहेका छन् । भारत र चीन यी दुवै उदीयमान महाशक्ति राष्ट्रको नेपालप्रतिको बढ्दो चासोलाई सकारात्मक रुपमा लिन राष्ट्रहरुबीच परस्पर लाभको आधारमा कुटनीतिक एवम् परराष्ट्र सम्बन्ध सुदृढ गर्न समेत विज्ञहरुले सुझाव दिएका छन् ।

गत कात्तिक ५ गते भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आए । त्यसबखत गोयल नेपाल आउनेबारे परराष्ट्र मन्त्रालय र नेपाली सेना कसैलाई पनि जानकारी नभएको सूचना बाहिर आएको थियो भने भारतीय दूतावासका एक उच्च अधिकारीले ‘रअ’ प्रमुख काठमाडौं आएको नभएर अरु नै कोही आएको हुनसक्ने शंकास्पद जवाफ दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीस“ग उच्चस्तरीय भेट गरी ८ घण्टा काठमाडौंको बसाइपछि स्वदेश फर्के । ‘रअ’ प्रमुख गोयलको भ्रमण कुनै औपचारिक नभएर व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्ने राष्ट्रिय अनुसन्धान विभागले जनाएको थियो । रअ प्रमुख गोयलस“ग भएको भेटले नेपाल कम्युनिष्ट पार्टीभित्र पनि थप मतभेद् सिर्जन ागर्ने भूमिका खेल्यो ।

यसैको १५ दिनपछि कात्तिक २० गते भारतीय सेनाध्यक्ष्ँ मनोज मुकुन्द नरवणे नेपाल आए । नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो । नरवणेको नेपाल भ्रमणलाई परम्परागत भ्रमणको रुपमा लिइएको छ । यसैको ठिक २० दिनपछि मंसिर ११ गते २ दिने भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीस“ग उच्चस्तरीय भेटवार्ता गर्नुभयो । भेटमा नेपाल र भारतबीचको सीमा विवाददेखि आपसी सहकार्य र सम्बन्ध सुदृढीकरणको विषयमा छलफल भयो । यसको लगत्तै मंसिर १४ गते आइतबार चिनिया“ रक्षामन्त्री वेइ फेङह नेपाल आउनुभयो । २० सदस्यीय प्रतिनिधिमण्डलसहित आउनुभएका रक्षामन्त्री वेइले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थहरुस“ग उच्चस्तरीय शिष्टाचार भेट गर्नुभएको थियो । रक्षामन्त्री वेइले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको थियो । यद्यपि चिनिया“ रक्षामन्त्रीस“गको कुराकानीबारे विस्तृत रुपमा बताइएको छैन । यसरी दइ छिमेकी मुलुकहरु चीन र भारतको लगालगको भ्रमणलाई सामान्य घटनाक्रमको रुपमा मात्र हेर्न नसकिने सरोकारवालाहरु बताउछन् ।

पछिल्लो समय चर्चा भइरहेको नेपाल–भारत सीमा विवाद र यसस“गै जोडिन आउने नेपाल–चीनबीचका सुपुर्दगी सन्धि लगायतका विषयहरु पनि यी भ्रमणहरुस“ग जोडिन सक्ने परराष्ट्र जानकारहरु बताउ“छन् । त्यसो त पछिल्लो समय, दुइ तिहाइ बहुमतको नेकपा सरकारले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यसहित भारत र चीन दुवैस“ग गरेका विभिन्न आपसी सम्झौता र सहकार्य गर्न भन्ने विषयले पनि छिमेकी राष्ट्रहरुको नेपाल भ्रमण भएको हुनसक्ने उनीहरुको भनाइ छ । यसमा दुइशक्ति राष्ट्रहरुबीचको छिमेकी मुलुक भएको नाताले नेपालले पनि अधिकतम लाभ लिन सक्नेगरी कुटनीतिक बाटो पहिल्याउनुपर्ने विज्ञहरुको सुझाव छ । छिमेकी देशहरुबीचमा असल सम्बन्ध विकास गर्दै लाने विषयलाई जोड दिनुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बताउनुहुन्छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई भने छिमेकी राष्ट्रहरुको भ्रमणलाई एक अर्कास“ग जोडेर नहेर्न सुझाव दिनुहुन्छ । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुस“गको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै भट्टराईले चिनिया“ रक्षामन्त्री वेइ फेङ्हको नेपाल भ्रमणलाई भारतस“ग नजोड्न आग्रह गर्नुभएको हो ।

आपसी सहकार्य, सम्झौता कार्यान्वयन एवम् देशहितका लागि हुने विदेशी भ्रमण पारस्पारिक रुपमा लाभदायी नै हुन्छ । तर, महाशक्तिको रुपमा उदाइरहेका चीन र भारतको छिमेकी देशको नाताले नेपालले यसबाट लाभ लिन सक्नेगरि सफल रणनीतिक एवम् कुटनीतिक मार्गअनुरुप अघि बढ्न आवश्यक छ । जहा“सम्म एक महिनाभित्र भएको छिमेकी राष्ट्रहरुको ४ पटकको नेपाल भ्रमणलाई संयोग मात्र मान्न नसकिने कुरा छ, यसमा नेपाललाई विदेशीहरुको खेल मैदान बनाउन दिने विषय अकल्पनीय छ भने नेपालको आन्तरिक मामलामा हस्तक्षेपकारी विषयमा राष्ट्रियताको एकमात्र शूत्र प्रयोग गर्नु बाहेक अरु विकल्पै छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com