ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

पोखरामा विधुतिय शवदाह गृह बनाउन लागिएको भन्दै विरोध


एबीसी / संवाददाता

पोखरा, १६ मंसिर । पोखरा महानगरपालिका वडा नं. १० शान्तिवन क्षेत्रमा विधुतिय शवदाह गृह बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले वि।सं। २०५५ सालमा क्षेत्राधिकार समेत नाघि गैरकानुनी रुपमा उक्त वन बौद्ध अर्घो सदन र रामघाट दाहसंस्कार समितिका नाममा बाँडफँड गरिदिए पछि स्थानीयले विरोध गरेका हुन् ।

संघीय सरकारले विद्युतिय शवदाह गृह निर्माणका लागि बजेट विनियोजन गरेपछि स्थानीयले विरोध गरेका हुन् । गत वर्ष माघमा शवदाह गृहको निर्माण गर्न बौद्ध अर्घो सदन, पोखरा महानगरपालिका र संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । उक्त शवदाह गृह करिब ३० करोडको लागतमा निर्माण हुन लागेको छ । विद्युतिय शवदाह गृहको विरोध गरेको नभई त्यस ठाउँमा शवदाह निर्माण गर्न नहुने विषयको विरोध भएको शान्तिवन सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष सम्झना अधिकारीले बताउनुभयो ।

शवदाह गृहको विकल्प हुँदाहुँदै वन फडानी गरेर निर्माण गर्न लागिएपछि उच्च अदालत पोखरामा परेको मुद्दा विचाराधिन अवस्थामा छ । वातावरण प्रभाव मुल्याङ्कको कुरामा स्पष्ट नभइकन भौतिक संरचनाहरु निर्माण हुँदा प्रतिकुल असर पर्नसक्ने भुगोलविद कृष्ण केसीले बताउनुभयो । शान्तिवनको साबिकका कित्ताहरु २२०६ / २२०७ हुन् । २०६३ सालमा नयाँ नापी भएको थियो । तर अहिले एघार रोपनीभन्दा बढी क्षेत्रफल भएको वनको पुर्जाको स्रेस्ता मालपोतबाट हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङ्ले संसद पुनस्थापना पछि सरकार झन बलियो भएको बताउनुभएको छ । नेकपा ओली

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार

सम्बन्धित

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com