ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

काठमाडौंमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही (पत्रसहित)


एबीसी / संवाददाता

काठमाडौं, १६ मंसिर । काठमाडौंमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो ।

काठमाडौंका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप भइरहेकोले तत्काल यस्ता गतिविधि बन्द गरेर कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । आउँदा दिनमा भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने कार्यलयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना सङ्क्रमण काठमाडौंमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै प्रदर्शनकारीहरूले आन्दोलन गरिरहेका छन्। यस्तै विभिन्न मागसहित अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाडौंको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न सुरु गरेका छन् । यस्ता गतिविधिबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने भन्दै सरकारले सजग गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

काठमाडौं, १५ फागुन ।  सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै आज एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङ्ले संसद पुनस्थापना पछि सरकार झन बलियो भएको बताउनुभएको छ । नेकपा ओली

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । शनिबार

सम्बन्धित

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज ठान्ने – अध्यक्ष प्रचण्ड

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com