ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ – प्रधानमन्त्री


एबीसी / संवाददाता


काठमाडौं, १४ मंसिर ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराउनुभयो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याउनुभएको थियो । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो ।

रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाउनुभएको थियो ।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताउनुभएको थियो ।

सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराउनुुभएको थियो । आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराउनुभएको थियो ।
दुई देशबीच लामो समयदेखि घनिष्ठ र समस्यारहित सम्बन्ध रहेकामा दुवै नेताले भेटका अवसरमा सन्तोष व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाडौं, १३ फागुन ।   नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाडौं, १३ फागुन ।  विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ ।अहिलेसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र

सम्बन्धित

सत्ता साझेदारीबारे प्रचण्ड -नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो : भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला उपाध्यक्ष गौतम विहानै खुमलटार पुगेर यस्तो गरे प्रस्ताव

मुलुकमा नयाँ राजनीतिक कोर्ष शुरु : कसको पक्षमा कति सांसद (नामसहित)

उर्लाबारी युवक मृत्यु प्रकरण : प्रहरीमाथि अनुसन्धान सुरु

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com