ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रान्सपरेन्सीको प्रतिवेदन तथ्यमा आधारित नभएर पूर्वाग्रहका आधारमा– सरकार


एबीसी / संवाददाता

काठमाडौं, १४ मंसिर । सरकारले भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सीको प्रतिवेदन तथ्यमा आधारित नभएर पूर्वाग्रहका आधारमा आएको र यसमा राजनीतिक गन्ध रहेको दावी गर्नुभयो ।

‘सरकारलाई बद्नाम गर्ने प्रयास स्वरुप आएको प्रतिवेदनलाई सरकारले अस्वीकार गर्दछ’ गुरुङले भन्नुभयो । ट्रान्सपरेन्सीमा आवद्ध व्यक्तिको दलीय संलग्नताले गर्दा पनि यसका प्रतिवेदनलाई विश्वास गर्न नसकिएको सरकारले जनाएको छ । ३ करोड जनसंख्या रहेको नेपालमा १ हजार व्यक्तिसँग फोन गरेर बनाएको मनोगत रिपोर्टले देशको छविलाई धमिल्याउने गरेर प्रचार भइरहेकोमा सरकारको आपत्ती रहेको मन्त्री गुरुङले बताउनुभयो ।

प्रधानमन्त्रीबाट पटक-पटक भ्रष्टाचार विरोधी प्रतिबद्धता आइरहेको र अरु रिपोर्टले सरकार भ्रष्टाचार घट्दो तथा सुशासन बढ्दै गइरहेको देखाएको अवस्थामा ट्रान्सपरेन्सीको प्रतिवेदनमा नेपाल एसियामै धेरै भ्रष्टाचार हुने देशको सूचीमा आउनुमा सरकारलाई असफल बनाउने तत्वको समेत हात रहेको मन्त्री गुरुङको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com