काठमाडौं, १४ मंसिर । गएको २४ घण्टामा नेपालमा १ हजार २ सय ५५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको थियो । आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् । स्वास्थय मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जनाले कोरोनालाई जितेका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।यस्तै गएको २४ घन्टामा २५ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्