ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना


एबीसी / संवाददाता

बौद्ध दर्शनका दृष्टिले गहिरो सांस्कृतिक सम्बन्ध रहेका काठमाडौं र रामग्राम नगरबिच भगिनी सम्बन्ध स्थापना गरेका हौँ : मेयर शाक्य नवलपरासी, लुम्बिनी

काठमाडौं, १४ मंसिर ।  काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो । भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका बिच दुई नगरका प्रमुखले शनिबार साँझ हस्ताक्षर आदान–प्रदान गरी भगिनी सम्वन्ध स्थापना भएको घोषणा गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बिच भगिनी सम्वन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्वन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गतको रामग्राम नगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गरेसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि रु. १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ । उक्त घोषणको सम्झौतामा पनि दुबै नगरका प्रमुखले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलीय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नुपर्नेछ । हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बौद्ध दर्शका दृष्टिले काठमाडौं र रामग्रामका बिच गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराउनुभयो । उहाँले काठमाडौं पनि दक्षिण र उत्तर कोलियोग्राम रहेको भन्दै यहाँको कोलियग्रामका बिचमा विगतमा केही सम्बन्ध हुन सक्छन् भन्नुभयो । ‘ती सम्बन्धको हामी अध्ययन गर्ने चरणमा छौं, दुई नगरबिच अहिले होइन बर्षौ पुरानो सम्बन्ध हुन सक्छ,’ उहाँले भन्नुभयो,’ ‘असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले यो भगिनी सम्वन्ध स्थापना गरेका हौँ ।’ शाक्यले दुई नगरका सांगठनिक स्वरुप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरु आदान प्रदान गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘मूर्त तथा अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै दुई नगर क्षेत्रभित्रका जिवन्त संस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्नेछौं,’ शाक्यले भन्नुभयो, ‘प्रकृति र पर्यावरणको समुचित सन्तुलन बिना मानव समाजको अस्तित्व नै संकटमा पर्नसक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामूखि क्रियाकलाप संचालन गर्न साझेदारी गर्नेछौं ।’ उहाँले शिक्षा, स्वास्थ्य, सहकारी तथा स्थानीय रोजगारीका क्षेत्रहरुमा हासिल गरेका उपलब्धी, सफल तथा असल अभ्यासहरुबारे एकापसमा अनुभव साटासाट गर्ने तथा सहकार्यमा नविन सोंच, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने कुरामा पनि थप टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो । ‘दुवै नगरलाई मानवीयताको नगर बनाउनेछौं ।

सडक सहयोगापेक्षी, असहाय, अशक्त, अनाथ मानव व्यवस्थापन गर्न नगरस्तरीय प्रयत्नहरु ठोस र प्रभावकारी हुनेछन्,’ उहाँले भन्नुभयो, ‘जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको समुचित तथा मर्यादित व्यवस्थापन गर्नेछौं । सामाजिक सुरक्षा र गरिबी निवारणका क्षेत्रमा सहकार्य गरी उच्च स्तरको मानवीय नगरका रुपमा सहकार्य गर्नेछौं ।’ काठमाडौँ महानगरपालिकाले यस अघि पनि अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ भने नेपालको जुम्लामा रहेको चन्दननाथ नगरपालिकासँग पनि यस अघि नै भगिनी सम्वन्ध स्थापना गरेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै रामग्रामका प्रमुख गुप्ताले विदेशी सहरसँगभन्दा आफ्नै देशका सहरसँगका सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकोले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ‘दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गर्नुभयो ।’ रामग्राम नगरकी उपप्रमुख रम्भा कुँवरले, दुई नगरबीचको आत्मीय सम्बन्धबाट नगरको समृद्धिमा हौसला मिलेको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा काठमाडौं महानगरकका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

भगिनी सम्वन्ध स्थापित गर्नु अघि दुबै नगरका पदाधिकारीसहितको टोलीले रामग्रामको वडा–१८ गौत्तम वुद्धको मामाघर रहेको प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुर, वडा ७ मा रहेको रामग्राम स्तुप, त्रिवेणी धाम र गजेन्द्रमोक्ष धामलगायत स्मारक, धार्मिक र सांस्कृतिक स्थलहरुको भ्रमण अवलोकन गरेको थियो । रामग्रामका मेयर गुप्ताकाअनुसार पण्डितपुरको उत्खनन गर्दा बुद्धकालीन भाँडाकुँडा, लोहोटालगायत घरायसी सामाग्री भेटिएको र ती सामाग्री लुम्बिनीको संग्रहालयमा लगिएको जानकारी दिनुभयो ।

त्यसैगरी रामग्राम स्तुपमा रहेको बुद्धको अस्तु अहिलेसम्म ननिकालिएको अस्तु हो । ‘गौतम वुद्धको मृत्युपछि अस्तुलाई ८ भागमा बाँडेर बिभिन्न क्षेत्रमा राखिएको थियो । तीमध्ये ७ ठाउँका अस्तु निकालेर अन्यत्र बाँडिएका छन् । तर रामग्रामको अस्तु अहिलेसम्म निकालिएको छैन,’ उपमेयर कुँवरले भन्नुभयो । किंवदन्तीअनुसार अशोक सम्राटले अस्तु निकालेर अन्यत्र बाँड्न खोजेका थिए । तर नाग र सेतो हात्तीले घेरेर राखेको देखेपछि उनले अस्तु निकाल्ने सोच त्यागी दिए । त्यसपछि अरु कर्सैले आँट नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं, १४ माघ। कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

कर्णाली, १४ माघ। तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको

सम्बन्धित

बझाङमा खुँडा प्रहारबाट युवकको मृत्यु

किन पक्राउ परे भाइरल युवक अर्जुन विक ? कारण यस्तो

अध्यक्ष प्रचण्डबाट “काजी बा” को निधन प्रति दु:ख ब्यक्त

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

गएको २४ घण्टामा देशभर ३३९ कोरोनाका सङ्क्रमित थपिए

मानव अधिकार तथा शान्ति समाजको विरोध प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com