ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विदेश सचिवकाे भ्रमणले दुई देशबीचकाे संवादहीनता ताेड्याे’


सपना थामी

काठमाडौं, १२ मंसिर ।   पछिल्लो समय सीमा विवादका कारण दुई देशबीचको सम्बन्ध त्यति सुमधुर नभइरहेको बेला भारतले श्रृंगलालाई नेपाल पठायो । नेपाल भ्रमणमा रह“दा श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा प्रतिपक्षी दलका नेताहरुसग शिष्टाचार भेट गर्नुभयो भने कोरोनाविरुद्धको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता पटक–पटक दोहो¥याउनुभयो ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगला र नेपालका उच्चस्तरीय पदाधिकारीहरुबीच भएको उच्चस्तरीय भेटमा १९ बु“दामा छलफल भयो । जसमध्ये नेपाल भारतबीचको सीमा विवाद एवम् द्धिपक्षीय सम्बन्ध सुधारको विषय यतिबेला निकै चर्चामा छ । यसमा पनि भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नया दिल्लीमा आगामी डिसेम्बरको दोस्रो साता हुन गइरहेको ंपरराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको निम्तो थप चासोको विषय बनेको छ । मिती तय नभएपनि विदेशमन्त्री एस जयशंकरको निम्तो विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको छ । भारतीय विदेशमन्त्री हर्षबद्र्धन र नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दुवैले दुइ देशबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा भएको थियो जसले कालापानी र सुस्ताका विषयका विवादलाई समाधान गर्न निर्देशन दिएको थियो । र पालैपालो बैठक गर्ने परम्परा अनुसार सन् २०१६ र सन् २०१८ मा सो आयोगको बैठक भएको थियो । तर नेपाल र भारतबीचका झण्डै डेढ दर्जन द्धिपक्षीय संयन्त्रहरुबीचमा भने बैठक सुचारु हुन सकेको छैन । झण्डै ६० को दशकदेखि दुइ देशबीचमा सीमा विवादबारे नेपालले पटक–पटक आव्हान गरेपनि भारतले बाहनाबाजी गर्दै आलटाल गर्दै आएको थियो । नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउनुहुन्छ, वि.सं. २०३८ सालयता मात्रै ४, ५ पटक सीमाकै विषयमा गम्भिर कुरा उठिसकेको छ ।

नेपाल र भारत सम्बन्ध लगायत सबै देशस“गको परराष्ट्र सम्बन्ध सुधार एवम् विकसित बनाउदै लान देशकै परराष्ट्रनीति सबल बनाउदै लानुपर्ने राजनीतिशास्त्री एवम् कुटनीतिज्ञ डाक्टर लोकराज बरालको भनाइ छ । भारतको नेपालनीति छ तर नेपालको भारतनीति छैन । डाक्टर बरालको विश्लेषण छ, अहिले त नेपालमा परराष्ट्र मन्त्रालय नै छैन भन्दा फरक पर्दैन, देशको परराष्ट्रनीति एकदमै नाजुक बन्दै गएको छ ।

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगालसग राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच भएको सबै उच्चस्तरीय भेटमा सीमा विवादका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले पनि सीमा विवादलाई वार्ताका माध्यममार्फत समाधान गर्नसक्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय द्धिपक्षीयबीचको सम्बन्धमा आइरहेको चिसोपन र कटुततालाई कम गरि आपसी सम्बन्ध सुधार गर्न यस्ताखाले भ्रमणले अवश्यपनि महत्वपूर्ण भूमिका खेलेको छ । तर पनि परराष्ट्रविद्हरुले निरन्तर जोड दिदै आएजस्तै सीमाका विषयमा नेपालले सदैव एक बुदे एजेण्डामा अडिग रहनुपर्ने खाचो अझ टड्कारो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com