ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झारफुकको बहानामा बलात्कार, मौलाना हसन पक्राउ


एबीसी / संवाददाता

 

लहान, ११ मंसिर । सिरहाको लहानमा झारफुक गर्ने बहानामा एक युवतीको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ तारिकदेखि डिसेम्बर १० तारिखसम्म अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यो वर्ष कोरोनाका कारण भौतिक कार्यक्रम नगरेपनि प्रविधिको माध्यामबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरुवात भएको छ ।
नेपालमा यो वर्ष ‘लैङ्गिक हिंसा अन्यतको प्रतिवद्धता स् व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। सन् १९९१ देखि प्रत्येक वर्ष विश्वभरमा मनाईने अभियान नेपालमा पनि सरकारले औपचारिक रुपमै मनाउँदै आएको छ ।

सरकारले औपचारिक रुपमा अभियान संचालन गर्दै आएपनि मानिसमा सचेतना आएको छैन । अभियानकै क्रममा लहान ७ कि एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

बलात्कार आरोपमा एक मौलाना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका १० घर भई अहिले लहान १० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेका छन् ।

मौलाना हसन कहां झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ ।बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत अदालतले ५ दिनको म्याद थप गरेका छन् । मौलानालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछिनिकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । पीडितकी आफन्तहरू उनको घर पुगेर केरकार गर्नुका साथै मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com