ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जमरा राख्दैन माझी समुदाय, कारण यस्तो


एबीसी न्यूज
कार्तिक ८, २०७७ शनिबार  ५ : २१ बजे

काठमाडौं, ८  कात्तिक । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।

विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।
दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्ने चलन भने छैन । ‘हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती छ, मैले जान्ने भएदेखि जमरा घरमा राखिएको छैन, मागेर लगाउने चलन छ’, माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भन्नुभयो । आफू जान्नेबुझ्ने भएदेखि दशैँको टीका लगाए पनि जमरा राखेको थाहा नभएको उहाँ बताउनुहुन्छ ।

माझी दशैँको दिन टीकाजमरा त लगाउँछन् तर जमरा मागेर । यस वर्ष दशैँमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमरा राखेका छैन । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्यत्र बस्नेले भने जमरा राख्छन् । ‘माझी भए पनि हाम्रो माइत त जमरा राख्नुहुन्छ,’ स्थानीयवासी फूलकुमारी माझीले भन्नुभयो, ‘खै कुन्नि किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’ ‘जिजुबाजेको पालामा त जमरा राख्थे रे, कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ’, उहाँले थप्नुभयो, ‘खनियाबास र मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेका पालादेखि नै दशैंँका लागि जमरा राख्न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।

‘जुन वर्ष जमरा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती छ’, उहाँले भन्नुभयो, वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे । दशैंँ मनाउन छाडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाहिँ मनाइन्छ ।’ अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दशैँमा लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

भारतको ७७औँ गणतन्त्र दिवस : कर्तव्य पथमा देखियो सैन्य शक्ति र सांस्कृतिक झलक (फोटोफिचर)

सम्बन्धित

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ–२ : भीड धेरै, तर जितको लडाइँ सीमित हातमा

काठमाडौंमा बुधबार पानी पर्ने, कर्णाली र सुदूरपश्चिम आज वर्षा र हिमपात

राष्ट्रिय झन्डाको गरिमा कायम राख्न सबैलाई गृह मन्त्रालयको आग्रह

कर्णालीबाट राष्ट्रिय सभामा कांग्रेसका शाही र एमालेका रखाल विजयी

रवि लामिछानेविरुद्ध मुद्दा दायरपछि भेटिएका थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com