ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैंमा सुनसान सीमानाका


एबीसी न्यूज

महेन्द्रनगर, ३ कात्तिक । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् ।

सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दशैं, तिहार, नयाँ बर्ष (बिशु पर्व) र गौरा पर्व मनाउनेहरू घर फर्किने गर्थे । कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवनिरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक दुईदेखि तीनसय नेपाली स्वदेश फर्किरहेको बताउनुभयो ।

“कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको सङ्ख्यामा यहाँबाट भित्रिसके ।” उहाँले भन्नुभयो, “यसवर्ष विगतजस्तो चाडपर्वमा आउनेहरूको तछाडमछाड छैन ।” भारतबाट आउनेहरूमध्ये पनि बीस प्रतिशत मात्रै दशैंलगायत चाडपर्व मनाउन आएको बताउने गरेको प्रहरी नायवनिरीक्षक थापाले जानकारी दिनुभयो ।

“ अहिले पनि भारतबाट कोरोनाकै डरले नेपालीहरू घर आइरहेका छन् ।” गड्डाचौकी नाकाबाट दैनिक १००देखि २००सम्म नागरिक भारत रोजगारीका लागि गइरहेको प्रहरीको भनाइ छ । विगतमा दशै शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए । कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुखः पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताउनुभयो । “लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नु प¥यो ।” उहाँले भन्नुभयो, “अहिले त सुरक्षितरूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो ।

कोरोनाका कारण धेरै नेपालीको रोजगारी गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर धेरैजसो घर फर्किरहेका छन्।” उहाँले भन्नुभयो ।कोरनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।

त्यसैगरी डोकेबजार नाकाबाट गत आइतबार बिहान ३०२ जना भारतबाट स्वदेश फर्किएका थिए भने ४८ नेपाली रोजगारीका लागि भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायवनिरीक्षक भुपाल थापाले जानकारी दिनुभयो ।“ विगतजस्तो भारतबाट बिदामा पर्व मनाउन आउनेहरूको सङख्या धेरै नै कम छ ।” उहाँले भन्नुभयो–“ अस्तिसम्म भारत जानेहरूको सङ्ख्या बढी थियो ।”

डोकेबजार नाकाबाट दैनिक ५००देखि ८०० नेपाली घर फर्किरहेको प्रहरीको भनाइ छ । “आर्थिक अवस्थाले धेरै नेपाली दशैं छाडेर पनि मजदूरीका लागि भारत गइरहेका छन् ।” प्रहरी नायवनिरीक्षक थापाले भन्नुभयो । कोरोना सङ्क्रमण बढिरहदा घर आउनेहरू अघिल्ला महिनाहरूमै आइसके ।”
यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुना, मुम्बै, पञ्जाब, देहरादुन, हरिद्धार, राजस्थान, कुमाउ गड्वाल र सिमलालगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुहरूको सहजताका लागि सीमानाका क्षेत्रमासमेत गरेर प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com