Accuracy, Balance & Credibility

राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

abc

काठमाडौ, १ कात्तिक ।  राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो । उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।