ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा कोरोनाबाट २ जनाको मृत्यु


एबीसी न्यूज

चितवन, १ कात्तिक । चितवनमा कोरोनाबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना खैरहनी नगरपालिकाको रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको खैरहनी नगरपालिकाका वडा नं। १२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार बिहान मृत्यु भएको वडा अध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका ४१ वर्षीय पाण्डे क्यान्सर रोगबाट समेत पीडित थिए । उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।यसअघि, चितवनमा भरतपुर महानगरपालिका वडा नं। २० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका वडा नं। ६ निवासी ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई गत असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज बिहान २ बजेर ८ मिनेटमा उनको मृत्यु भएको चितवन मेडिकलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com