ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा सिसि क्यामेरा ब्यबस्थापन नहुदा चोरीका घटना बढे


एबीसी न्यूज
आश्विन २२, २०७७ बिहीबार  १० : २८ बजे

बागलुङ , २२ असोज  । बागलुङ नगरपालिकाले बागलुङ बजार भित्र सिसि क्यामेरा ब्यबस्थापन गर्ने कार्यमा चासो नदेखाउदा बागलुङ बजारभित्र चोरी र अपराधका घटनाहरू बढेर गएको छ ।

बागलुङ बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकहरुमा जडान गरिएका सिसी क्यामेरा प्रयोग बिहिन बनेका छन् । आवश्यक मर्मत सम्भारको अभावमा ७ वर्ष अगाडि उद्योग बाणिज्य संघ बागलुङको पहलमा वजारका विभिन्न चोकमा जडान गरिएका २९ सिसी क्यामेरा मर्मत हुन नसक्दा सिसी क्यमेरा प्रयोग बिहिन बनेका हुन् । बढ्दो शहरीकरण संगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन गरिएको काम प्रभावकारी भएको छैन । जिल्ला प्रहरी कार्यालय बागलुङमा कन्ट्रोल रुम राखी व्यवसायीक महत्वका चोकहरुमा सिसी क्यामेरा जडान गरिएको थियो ।
बागलुङ नगरपालिका भित्र जडान गरिएका सिसि क्यामेरा बिग्रिएर काम दिन छाडेपछि बजारमा केही समय यता चोरी र अपराधका घटना बढेर गएका छन । यहीँ हप्ता मात्र बागलुङ बजारको मुख्य चोक बाट एकजना पेन्सन बुझ्न आएकी बृद्ध महिलाको ९ तोला सुन फिल्मी शैलीमा चोरी भएको छ ।
यस अघिका घटनामा प्रहरीले सिसि क्यामेराको सहायतामा चोरी र अपराधि गर्ने तत्काल पक्राउ पर्ने गरेपनि हाल सिसि क्यामेरा विग्रिएको कारण समस्या भएको छ । बजारमा जडान गरिएका सिसि क्यामेरा बागलुङ नगरपालिका भित्र पुरानो बिधुत टेलिकमका पोल र तारहरू संगै बिस्ताफित भएपछि बजारमा चोरी र अपराधका घटना बढेर गएपछि जिल्ला प्रहरी कार्यालयलाई चोरी गर्ने अपराध गर्ने ब्यक्तिलाई पक्राउ गर्न चुनौती थपिन पुगेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत राजेन्द्र रेग्मीले बताउनुभयो । बागलुङ नगरपालिका र बागलुङ उद्योग बाणिज्य संघ बिच भएको सार्वजनिक निजी साझेदारी कार्यक्रम बागलुङ बजारको शान्ति सुरक्षा कायम राख्न सिसि क्यामेरा जडान गर्ने सहमति अनुसार नगरपालिकाले दिनुपर्ने रकम नदिएपछि सिसि क्यामेरा ब्यबस्थापनको काम अलपत्र परेको बागलुङ उद्योग बाणिज्य संघले जनाएको छ । वजेट अभावमा मर्मत गर्न नसकिएको कारण वजारमा भएको क्यामेरा निकालेर उद्योग वाणिज्य संघमा ल्याएर राख्न वाध्य भएको बागलुङ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारीले बताउनुभयो ।
बागलुङ उद्योग बाणिज्य संघ र नगरपालिका बिच साझेदारी कार्यक्रम अनुसार ब्यबसायीले नगरपालिकालाई बुझाउने ब्यबसाय कर बापतको ३० प्रतिशत भुक्तानी २ बर्ष देखि नदिएको कारण सिसि क्यामेरा जडान देखि मर्मत संभार गर्ने योजना अगाडि बढ्न नसकेको जनाईएको छ ।
बागलुङ बजार भित्र लथालिङ्ग रूपमा तागिएका तार पुरानो पोल फेर्ने अभियान चलिरहेको कारणले अब केही समय भित्र सिसि क्यामेरा जडान गर्ने काम अघि बढ्ने बागलुङ नगरपालिकाका वडा अध्यक्ष जीवन आचार्यले बताउनुभयो । सिसी क्यामेराको जडानपछि बजारमा भएका केही चोरीका घटनाहरुमा समेत दोषी पत्ता लगाउन सहज भएको थियो । तर अहिले क्यामेराले काम गर्न छाडेपछि समस्या भएको छ । बजारको विभिन्न क्षेत्रमा तथा मुख्य प्रवेश क्षेत्रमा जडान भएका क्यामेराले काम गर्न छोडे पछि चाडपर्व संगै अन्य समयमा हुने चोरी, डकैती जस्ता अपराध जन्य गतिविधि रोकथाम र अनुसन्धानमा समस्या हुनसक्ने सरोकारवाला निकायले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सम्बन्धित

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

आज पनि देशभर हावाहुरी र असिनासहित वर्षा हुने

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com