Accuracy, Balance & Credibility

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते

abc

रौतहट,१४ असोज । रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते भएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वाड नं ६ का दुईजनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो । चन्द्रपुर ६ का २७ बर्षका संगम भण्डारी घांस लिन जंगल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मंगलबार साझ ७ बजेको समयमा जंगल गएका गाउलेहरुलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परेर चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै बाट नेपाल प्रहरीले र सशस्त्र प्रहरी परिचालन भएको डिएसपी शाहीले जानकारी दिनुभयो।