ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल २०२० मा नयाँ सुपरस्टार बन्ने दाउमा


एबीसी न्यूज
आश्विन ३, २०७७ शनिबार  ९ : १७ बजे

इन्डियन प्रिमिअर लीग (आईपीएल) क्रिकेट प्रतियोगिताको २०२० को संस्करण शनिवारबाट यूएईमा सुरु हुँदैछ। आईपीएल विश्वकै धेरै रकम खर्च हुने खेलकुद गतिविधिमध्ये पर्छ। यसले भारत र अन्य देशका शीर्ष खेलाडीहरूलाई आकर्षित गर्नेगर्छ।अरू बेला भारतीय रङ्गशालामा बलीवुडका चर्चित हस्ती र राजनीतिज्ञसहित हजारौँ समर्थकहरूले भरिभराउ हुने खेलको वातावरण यस पटक भने कोरोना भाइरसका कारण भिन्न खालको हुनेछ। यूएईमा रिक्त रङ्गशालामा खेलहरू हुनेछन् र नियमित उत्सवका अन्य कार्यक्रमहरू हुनेछैनन्। तर एउटा कुराले भने निरन्तरता पाउनेछ –यो प्रतिस्पर्धाबाट क्रिकेटका नयाँ सुपरस्टारहरूको उदय हुनेछ। सबैजसो टोलीले नयाँ खेलाडीहरू भित्र्याएका छन्। तीमध्ये केही भारतको १९ वर्षमुनिको टोलीमा भएका खेलाडीहरू पनि छन्।

यशस्वी जैसवाल

यी ब्याट्सम्यान सचिन तेन्दुलकरलाई आदर्श ठान्छन्। उनी तेन्दुलकरसँग क्रिकेट सिक्ने आफ्नो सपना भएको बताउँथे। उनको त्यो इच्छा गत फेब्रुअरीमा साउथ अफ्रिकामा यू–१९ विश्वकप खेलेर फर्किँदा पूरा भयो। तेन्दुलकरले जैसवाललाई भेटेर उक्त प्रतियोगितामा उनको प्रदर्शनको प्रशंसा गरे। त्यसयता जैसवालले पछाडि फर्केर हेर्नुपरेको छैन। यो वर्ष उनी आफ्नो पहिलो पटक आईपीएलमा सहभागी हुँदैछन्। उनी राजस्थान रोयल्स टोलीमा छन्।

यू–१९ विश्वकपमा बनाएको कीर्तिमानकै कारण जैसवालबाट उनको टोलीले निकै आशा गरेको छ।

रवि बिश्नोई

पूर्वक्रिकेटर आकाश चोपडाले बिश्नोईलाई भारतका अर्का ‘स्पिन जादुगर’ भनेर व्याख्या गरेका छन्।

यू–१९ विश्वकपमा उनको प्रदर्शनका कारण त्यस व्याख्यालाई मानिसहरूले अतिशयोक्ति पनि मानेनन्।महत्त्वपूर्ण बेलामा उनले १७ विकेट लिएर भारतलाई खेलहरूमा जिताए। उनको टोली बाङ्ग्लादेशसँग अन्तिम खेलमा पराजित भयो। तर बिश्नोई भने प्रतियोगिताकै स्टार खेलाडीको रूपमा उदाए। किङ्स इलेभन पन्जाबले उनको भूमिका प्रतियोगितामा महत्त्वपूर्ण हुने आशा गरेको छ। उक्त टोलीमा प्रायः मध्यम स्तरका प्रतियोगिता खेलेका खेलाडीहरू छन्। त्यसैले बिस्नोईले त्यहाँ आफ्नो विश्वकपको जस्तै चमत्कार दोहोर्‍याउने आशा गरेका छन्।

प्रियं गर्ग
विश्वकपमा भारतको यू–१९ टोलीको कप्तान रहेका गर्गले आफ्नो टोलीलाई फाइनलसम्म पुर्‍याएका थिए।

उनले बनाएको मध्यम स्तरको रन उनको रणनीतिक कौशलको प्रतिविम्ब हैन। महत्त्वपूर्ण समयमा महत्त्वपूर्ण निर्णय लिएर उनले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरेका छन्।भारतको घरेलु क्रिकेट प्रतियोगितामा यी मध्यपङ्क्तिका ब्याट्सम्यानको सबल परिचय छ। सन् २०१८ मा उत्तर प्रदेश राज्यमा उनले आफ्नो पहिलो उल्लेख्य खेल खेलेका थिए। त्यसपछि उनी ठूला लीगमा सहभागी हुन थाले। अन्य खेलहरूमा समेत राम्रो प्रदर्शन गर्दै उनले आफूलाई यू–१९ को कप्तान हुने बाटो खोले। सनराइज हैदराबादले यो वर्षको आईपीएलका लागि उनीमाथि निकै विश्वास गरेको छ।

कार्तिक त्यागी

बिश्नोईले गुल्लीबाट ब्याट्सम्यानहरूलाई झुक्याउन सक्छन् भने त्यागीले मध्यम गतिको बलिङमा स्विङबाटै ब्याट्सम्यानलाई चुनौती दिन सक्छन्।

औसत १३।९ रनमा ११ विकेट लिएका त्यागी यो वर्ष खेलाडी बोलकबोल हुँदा राजस्थान रोयल्सको प्रमुख छनोटमा परे। उनको टोलीमा भारतका तीव्र गतिका बलर वरुण अरोन र इङ्ग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर पनि छन्। यी तीन जनाले रोयल्सका तर्फबाट आक्रमक बलिङ गर्ने अपेक्षा गरिएको छ। त्यागी यूएईको मन्द गतिको मैदानमा उपयोगीसिद्ध हुने अपेक्षा गरिएको छ।अनि बेन स्टोक्स यदि प्रतियोगिताका सुरुका आधा खेलमा सहभागी हुन पाएनन् भने त्यागीले आफ्नो टोलीका लागि अग्रपङ्क्तिमै बलिङ गर्नुपर्ने हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com