ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन, पर्सा, र सुनसरीमा थप आठ जनाको मृत्यु


एबीसी न्यूज


काठमाडौं, १६ भदौ ।   कोरोना भाइरसको सङ्क्रमणबाट थप आठ जनाको ज्यान गएको छ । चितवन, पर्सा, र सुनसरीमा गरी आठ जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर अस्पतालमा गएराति ज्यान गुमाएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मृतक तीन जनाकै स्वाब परीक्षण गर्दा कोरोना देखिएको अस्पतालमा सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

ज्यान गएकामध्ये ५५ र १८ वर्षका महिला र ६५ वर्षका पुरुष छन् । उनीहरु सबै चितवनका हुन् । मृतक सबै अस्पताल चहार्दा चहार्दै भरतपुर अस्पताल पुगेका थिए । कडा निमोनिया देखिएका उनीहरुको अस्पताल पुगेको केही समयमै ज्यान गएको भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले बताउनुभयो ।

चितवनको चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमितको पनि ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका(१५ का ५८ वर्षीय पुरुषको अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो । यस्तै पर्साको नारायणी अस्थायी कोभिड अस्पतालमा थप तीन जनाको ज्यान गएको छ । अस्पतालमा उपचार गराइरहेका पहिचान नखुलेका एक पुरुष, बाराको कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का ५३ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका सिरहाका एक जना संक्रमितको ज्यान गएको छ । एक हप्ता अघि अस्पताल धर्ना भएर आईसीयूमा उपचार गराइरहेका मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com