ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्टर मिलानलाई पराजित गर्दै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि,


एबीसी न्यूज
भाद्र ६, २०७७ शनिबार  ६ : ४० बजे


काठमाडौं, ६ भदौ । इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो । सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे ।

इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एकरएक गोल गरे पनि जितका लागि पर्याप्त भएन । कोलोग्ने स्टेडियममा खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए पनि त्यो ६ मिनेटभन्दा बढी टिक्न सकेन । १२औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १–१ गोलको बराबरीमा ल्याए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए । ३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए ।

३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २–२ गोलको बराबरीमा पु¥याए । खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३–२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो । यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टरले सन् १९९८ यता युरोपा लिग जितेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com