विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले बताउनुभयो ।
नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उहाले बताउनुभयो ।
लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्ेपछि अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेको पराजुलीले बताउनुभयो । यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्