ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण : प्रहरी उपरीक्षकसहित आठ प्रहरीलाई सफाइ


एबीसी न्यूज


काठमाडौं, १५ असार । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीले आज सफाइ पाएका छन् ।

जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो । जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले निर्मला हत्या प्रकरणमा उनीहरुले सम्बन्धित प्रमाणहरु नष्ट नगरेको देखिएकाले सफाइ पाएको बताउनुभयो ।

“निर्मलाको घाँटी थिची हत्या भएको सम्बन्धित प्रमाण नष्ट भएको अवस्था देखिएन”, श्रेष्तेदार शर्माले भन्नुभयो, “यी प्रतिवादीहरुको आरोप पुष्टि हुने कुनै आधार देखिएन ।” निर्मला प्रकरणमा हत्या अभियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले उक्त प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा आठै जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्ट, तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी नायब उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक एकिन्द्र खड्का, तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरिसिंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध २०७५ फागुन २३ मा मुद्दा दायर भएको थियो ।

मुद्दा दर्ता भएका मध्ये प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक भट्टलाई सरकारले सेवाबाटै बर्खास्त गरेको छ भने अन्य छ प्रहरी कर्मचारी निलम्बन परेका छन् । अदालतमा सो मुद्दामा थुनचेक बहस हुँदा प्रहरी कर्मचारीहरु धरौटीमा रिहा भएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको, प्रमाण नष्ट गरेको लगायतका विषय सरकारले नै गठन गरेको उच्चस्तरीय समितिले प्रतिवेदनमा औँल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com