काठमाडौं, १५ असार । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका दुईजनामा कोरोना संक्रमण भएको जनाएका छन् । उपत्यकाका विभिन्न ठाउँमा देखिएको संक्रमणको स्रोत पुष्टि हुन नसकेकाले सतर्कता अप्नाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्