ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने


एबीसी न्यूज
श्रावण १४, २०७७ बुधबार  ११ : ४४ बजे

काठमाडौँ, १४ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उहाँले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो, यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइने भएकाले बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ ।” बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्ने मान्यता रहिआएको उहाँले बताउनुभएको छ ।

बासस्थानको नाश, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधिले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदो भएकाले विश्व संरक्षण सङ्घले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा साइटिसले अनुसूची–१ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको स्मरण गर्नुभएको छ । नेपालमाा सन् २०१० मा बाघको सङ्ख्या १२१ रहेकामा सन् २०१८ मा बढेर २३५ पुगेको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका जोखिम र कोभिड–१९ जस्ता महामारीबाट बाघ पनि अछुतो नभएको र जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने र बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसारलगायतका पानीका स्रोतको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com