फ्रेन्च कप फुटबलको उपाधि पिएसजीलाई



काठमाडौं, १० साउन ।   पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।

राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो ।

उसको जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो।

पिएसजीले १३ औं‌ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रङ्गशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।

गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो । चोटग्रस्त भएर मैदानबाट रुदै बाहिरिएका केलियन एमबाप्पेलाई उपाधिको खुशीले केही राहत मिलेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All