
काठमाडौं, ९ साउन । नेपाल थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेकावे छ ।








प्रतिक्रिया दिनुहोस्