ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलहको झुण्ड तत्कालै नेपाल नआउने : सलह भगाउन विज्ञको सुझाव यस्तो


एबीसी न्यूज
श्रावण ८, २०७७ बिहीबार  ८ : २६ बजे

काठमाडौं, ८ साउन । भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड तत्कालै नेपाल आउने सम्भावना टरेकोे छ ।

राजस्थान, उत्तर प्रदेशलगायतका ठाउँमा पानी परिरहेकाले एक दुई दिनको लागि नेपाल आउने सम्भावना नदेखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो । अहिले सलहको झुण्ड राजस्थान र उत्तरप्रदेशमा छ । सीमावर्ती क्षेत्रमै भएकाले किसानलाई चनाखो भने भइरहन र पूर्वतयारी गरिराख्न सुवेदीले आग्रह गर्नुभएको छ ।

हावाको गति तीव्र भएको र सलहको झुण्ड धेरैको संख्यामा भएकाले सम्बन्धित विज्ञको छलफलपछि किसानलाई सावधानी रहन आग्रह गरिएको तर राजस्थान आसपासको क्षेत्रमा ठूलो पानी परेकाले नेपाल छिर्न नसकेको उहाँको भनाइ छ ।

पानी पर्न कम भएपछि भने नेपाल आउने सम्भावना कायम नै भएको उहाँले जानकारी दिनुभयो ।

पानी पर्न कम भएमा सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्न सक्छ । यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलह गुल्मी तथा प्युठानतिर पुगेको जानकारी आएको सुवेदीले बताउनुभयो ।

सलहले विशेष गरी तरकारी बालीमा केही क्षति गरेपनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी गरेको छैन । सलह भगाउनका लागि धुवाँ बाल्ने, ध्वनी जगाउने, ढ्याङ्ग्रो ठोक्ने, थाल ठटाउने गरेर ठूलो आवाज निकाल्न विज्ञको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com