ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाका कारण विभिन्न चाडपर्वहरुमा पनि प्रत्यक्ष–अप्रत्यक्षरुपमा प्रभाव (भिडियोसहित)


एबीसी न्यूज
श्रावण ६, २०७७ मंगलबार  ११ : १३ बजे

काठमाडौं, ६ साउन ।  विशेषतः महिलाहरुको लागि विशेष मानिने साउन महिनालाई चाडपर्वको मौसमको रुपमा पनि लिईन्छ । साउनसगै नेपाली समाजमा विभिन्न धार्मिक तथा सास्कृतिक पर्वहरु क्रमशः आउने गर्दछन् । यस वर्ष भने कोरोना महामारीका कारण यी सबै परम्परागत संस्कृतिहरुमा पनि प्रत्यक्ष रुपमा प्रभाव परिरहेको छ ।

कोरोनाको जोखिम–जोखिममै हाम्रा विभिन्न चाडपर्वहरु जसोतसो गुज्रिरहेका छन् । होली, चैते दशैं, ईद, मातातिर्थ औंसी, गुरुपूर्णिमा, वैशाखे पूर्णिमा, बुद्ध जयन्ती लगायतका दर्जनांै हाम्रा धार्मिक तथा सांस्कृतिक परम्पराहरुमा यस वर्ष कोरोनाको प्रभाव प¥यो । जसको कारण बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक नेपाली समाजको सा“स्कृतिक तथा सामाजिक आयामहरुमा प्रभाव परिरहेको छ । पछिल्लो समय पचासौं हजारको भीड लाने विस्केट जात्रा, गठेमंगल लगायत उपत्यकाका मौलिक चाडपर्व र जात्राहरु नै प्रभावित बने, लिंगो उभ्याउन समेत सकिएन, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति भन्नुहुन्छ – भक्तपुरमा पनि भैरवनाथको रथ तानिएन, मत्स्यन्द्रनाथको रथ यात्रा पनि स्थगित भयो ।

त्यसो त साउन महिना सुरु भएसगै नेपाली समाजका विभिन्न मौलिक चाडपर्व एवम् परम्परागत संस्कार, संस्कृतिको याम सुरु भएको छ । तर, कोरोनाका कारण आउदै गरेको जनैपूर्णिमा, गाईजात्रा, रोपाईजात्रा र हिलो जात्राहरुमा पनि प्रभाव पुग्ने निश्चित भएको छ । विशेषगरी आफ्नो मृत आफन्तको सम्झनामा हजारौं, लाखौंको संख्यामा मनाईदै आएको गाईजात्रा पनि यस वर्ष पूर्ण रुपले स्थगित हुने पक्का जस्तै भएको छ, जसले गर्दा सांस्कृतिक एवम् भावानात्मक पक्षमा पनि प्रभाव पर्ने देखिएको छ । तथापि, यो समयमा भीडभाडजन्य क्रियालापहरु नगर्न सरोकारवालाहरुले आग्रह गरिरहेका छन् ।

साउनको पहिलो सोमबार, विगतका वर्षहरुमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरुको ठूलो घुईचो लाग्ने गथ्र्यो । तर, यस वर्ष भने पशुपति सुनसान छ । पशुपति विकास कोषले धर्म गर्नलाई मन्दिरमै आउनुभन्दा कोरोनाको जोखिम बढिरहेको बेला जो, जहा“ छौं, त्यही बसेर अन्य प्राणीहरुको सेवा गर्न आग्रह गरिरहेको छ । कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले लकडाउनका बेला पशुपंक्षी, कुकुर लगायत आफ्नो घर वरपर रहेका दिनदुखीहरुलाई सेवा गर्न आग्रह गर्नुभएको हो ।

विविधतामा एकता रहेको हाम्रो समाजमा कोरोनाका कारण विभिन्न चाडपर्वहरुमा पनि प्रत्यक्ष–अप्रत्यक्षरुपमा प्रभाव पुगिरहेको छ । तथापि, यो समय कोरोनाबाट सुरक्षित छौं भन्न सकिने अवस्था छैन, यसर्थ, कोरोना महामारीको समयमा आवश्यक सुरक्षा अप्नाई लकडाउनको पूर्णरुपमा पालना गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com