ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मंसिरमा ( यस्तो छ कम्युनिष्टहरुको एकताको शृंखला )


एबीसी न्यूज
श्रावण ४, २०७७ आईतबार  ८ : ४६ बजे

काठमाडौं, ४  साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मंसिरमा हुने भएको छ । सचिवालय बैठकमा नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका थिए ।

अध्यक्ष ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए । बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले महाधिवेशन गर्ने ओलीको प्रस्तावको समर्थन गरेका छन् । राम्रो प्रस्ताव आएको भन्दै तीनै नेताले यसले पार्टीको समस्या समाधान गर्ने मत राखेका छन् ।

प्रचण्ड र बादल पनि ओलीकै प्रस्तावको पक्षमा उभिएपछि ९ सदस्यीय सचिवालयको बहुमत ओलीको पक्षमा देखिएको छ । शनिबार बालुवाटारमा सचिवालय बैठक सुरु गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी फुट्न दिन नहुनेमा जोड दिए । पार्टी र सरकार सञ्चालनका क्रममा आफूबाट भएका कमी कमजोरीप्रति आत्मालोचना गर्ने भन्दै उनले अर्का अध्यक्ष र अरु नेताहरुले पनि आफ्नो कमजोरीप्रति आत्मालोचना गर्दै अघि बढ्नुपर्ने बताए ।

पार्टीमा अहिले देखिएको संकटको निकास महाधिवेशन भएको भन्दै उनले मंसिरमा गर्ने प्रस्ताव राखे । ‘चैतमा गर्ने भनेकै छ, सकिन्छ भने मंसिरमा गरौं’ बैठकमा प्रधानमन्त्रीले भने, ‘विचारको छलफल त्यस्तै हो, छलफल नगरेकै कारण एक भएर चुनावमा गयौं, पार्टी एकता भयो । छलफल गर्‍यो भने बिग्रन्छ ।’

अर्का अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावको समर्थन गरे । उनले आलोपालो प्रधानमन्त्रीको विषय आफूले छाडेको भन्दै महाधिवेशनबाटै निकास खोज्नुपर्नेमा धारणा राखेको एक नेताले बताए । वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनबारे छलफल गरौं भन्ने प्रस्ताव ठीक भएको तर स्थायी कमिटीमा भइरहेको छलफललाई निरन्तरता दिनुपर्ने बताए ।

२१ कम्युनिस्ट शक्ति मिलेर यसरी बन्यो नेकपा

प्रजातान्त्रिक शक्तिको तुलनामा वाम शक्तिबीच फुटको शृंखला निकै रोचक छ । तर, धेरैले वास्ता नगरेको विषय कम्युनिष्ट शक्तिबीचको एकता हो ।

२००६ सालमा जन्मिएर जुट र फुटको इतिहाससहित हुर्किएका कम्युनिष्ट शक्तिको एक वर्षअघिको मिलनले इतिहासकै शक्तिशाली सरकार छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपासम्म आइपुग्दा वाम शक्तिबीच २१ पटक एकता भएको इतिहास छ ।

७० वर्षअघि ९१० वैशाख २००६० मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा बनेको नेकपाका अन्य संस्थापक नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ थिए ।

२०१४ सालमा पहिलो विभाजनको बीउ रोपिएपछि लामो समय फुटको नियति बेहोरेका कम्युनिष्ट शक्ति एक वर्षअघि एक ठाउँमा जुट्दा जुटको शृंखला २१ पुगेको छ ।

यस्तो छ एकता शृंखला

एकताको संस्थागत पहल स्वरूप झापा जिल्ला कमिटी मालेले अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी गठन गर्यो । जुन २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) का रुपमा चिनियो ।

२०३६ सालमा मनमोहन अधिकारीले ललितपुरमा मोहनविक्रम सिंह र शम्भुराम श्रेष्ठसँग एकता सम्मेलन गरेर नयाँ पार्टी बनाए । सो पार्टी नेकपा मनमोहन समूहले चिनियो । पुनः २०४३ सालमा सहाना प्रधान नेतृत्वको पुष्पलाल समूहसँग एकता गरेर नेकपा (माक्र्सवादी) बनाए ।

मालेसँगको मिलन

२०३६ सालतिर पश्चिम नेपालमा पनि साउनमा गण्डकी अञ्चलको माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल, अर्घाखाँचीमा कम्युनिस्ट क्रान्तिकारी, माक्र्सवादी लेनिनवादी अध्ययन समूह, कोसी, जनकपुर र वाग्मती अञ्चलमा रहेका समूहले मालेसँग एकता गरे ।

वाममोर्चा

२ माघ २०४६ मा सहाना प्रधान नेतृत्वमा वाम मोर्चा गठन भयो । त्यस्तै, बाबुराम भट्टराईलगायत संयुक्त मोर्चामा जोडिए । २२ पुस २०४७ मा नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले बन्यो ।

एकता केन्द्र

२०४७ सालमा मोहनविक्रम सिंहको नेकपा ९मसाल०बाट हरिबोल गजुरेलको नेतृत्वमा बाबुराम भट्टराईसहितका नेताले विद्रोह गरेर विद्रोही मसाल बनाए । विद्रोही मसाल र प्रचण्ड नेतृत्वको एकता केन्द्रबीच एकता भयो । त्यसलगत्तै नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय सुरु भयो ।

नेकपा माले र नेकपा माक्र्सवादी मिलेर नेकपा एमाले बन्यो । नेकपा मशाल, नेकपा चौम, नेकपा मसाल र नेकपा सर्वहारावादी श्रमिक संगठनबीच एकता हँुदा नेकपा (एकता केन्द्र) बन्यो ।

२०४८ को तरंग

रुसपन्थी भनिएका केही समूह मिलेर २०४८ सालमा नेकपा संयुक्त गठन भयो । यसमा सामेल थिए, नेकपा अमात्य, नेकपा मानन्धर र नेकपा वर्मा । नेकपा संयुक्तबाट वर्मा फेरि छुट्टियो । अमात्य पछि एमालेमा मिसिए । अमात्यका केही कार्यकर्ताले पुनः नेपाल साम्यवादी पार्टी गठन गरे । यो पार्टी पनि पुनः मालेसँग मिले ।

एमाले, माले फेरि एमाले

एमाले २०५४ सालमा पुनः विभाजित भयो । वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेको संस्थापन समूह २०५८ सालमा पुनः एमालेमा फर्कियो । अर्का नेता सीपी मैनालीले भने मालेलाई निरन्तरता दिए । उनको यो राजनीतिक यात्रा आजसम्म जारी छ ।

समताको विलय

२६ असोज २०७४ मा नेकपा एमाले र मेघराज निसादले नेतृत्व गरेको मधेस समता पार्टीबीच पनि एकता भयो । निसाद केपी ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा उद्योग राज्यमन्त्री भए ।

अनि चुरे पनि

चुरेभावर पार्टी पनि २७ असोज २०७४ मा एमालेमा विलय भयो । चुरेभावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले एमालेसँग पार्टी एकता गरे ।

माओवादी धारको जग

३० भदौ ७ असोज २०३१ सम्म एउटा पार्टीले चौथो महाधिवेशन ग¥यो । यसलाई पछि नेकपा (चौथो महाधिवेशन) भन्न थालियो । यसमा पनि विभाजन आयो । २०४० सालमा नेपाल कम्युनिस्ट पार्टी ९मशाल० बन्यो । २०४० फागुनमा निर्मल लामालगायतले पनि नेपाल कम्युनिस्ट पार्टी (चौम) बनाए ।

मशालले एक वर्षपछि भारतको अयोध्यामा पाँचौं महाधिवेशन ग¥यो । यो पार्टी पनि पछि विभाजित भयो । २०४८ मा एकता केन्द्र बन्यो । तर, यो पनि विभाजित भयो र २०५१ सालमा राष्ट्रिय सम्मेलन ग¥यो । यसको नेतृत्व नरबहादुर कर्माचार्यले गरे । उता, प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) बन्यो ।

माओवादी–मसाल एकता

११ पुस २०५७ मा माओवादी र मोहनविक्रम सिंहबाट विद्रोह गरेर बनेको मसालबीच एकता भयो । मसालको नेतृत्व दीनानाथ शर्माले गरेका थिए । माओवादी सशस्त्र विद्रोह सुरु भएपछि एकता गर्ने पहिलो पार्टी भयो, मसाल ।

माओवादी–किराँत मिलन

गोपाल किराँती नेतृत्वको किराँत वर्कस पार्टीले पनि माओवादीसँग एकता ग¥यो । २०६० साल असारमा यी दुवै पार्टीबीच झापामा एकता भएको हो ।

माओवादी र नेकपाबीच एकता

एकता केन्द्र र मसालबाट विद्रोह गर्दै केशव नेपालले कम्युनिस्ट पार्टी गठन गरे । यो पार्टी र माओवादी एकता केन्द्रबीच २२ चैत २०६३ मा एकता भयो ।

त्यसपछि जोडियो नेकपा मालेमा केन्द्र

माओवादी र नेकपा मालेमा केन्द्रबीच ६ असोज २०६४ मा एकता भयो । मालेमा केन्द्रका तर्फबाट कृष्णदास श्रेष्ठले नेतृत्व गरेका थिए । पछि श्रेष्ठलाई माओवादीको सल्लाहकार समितिको अध्यक्ष बनाइयो ।

माओवादीसँग संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा

यी दुवैबीच २८ वैशाख २०६४ मा एकता भयो । मोर्चाबाट राममान श्रेष्ठले नेतृत्व गरेका थिए ।

माओवादी र विद्रोही मसालबीच एकता

माओवादी र विद्रोही मसालबीच पनि एकता भयो । यो सानो समूह पनि माओवादीमा मिल्यो । २०६४ जेठमा यो समूहले एकता गरेको थियो । यो समूह मसालसँग असन्तुष्ट थियो । यसको नेतृत्व भानु कँडेल जैसीले गरेका थिए ।

माओवादी र नेमकिपा विद्रोही समूह

यी दुईबीच पनि २०६५ साल जेठमा एकता भयो । विद्रोही समूहको नेतृत्व दैलेखका हर्कबहादुर शाहीले गरेका थिए । उनीसँगै ६ सय ३३ जना माओवादीमा आएका थिए । माओवादीमा आएको ४ वर्षपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा गएका शाहीको गत २६ चैतमा निधन भयो ।

माओवादी र टीकाविक्रम समूहबीच एकता

टीकाविक्रम हमाल समूहले पनि १० फागुन २०६४ मा माओवादीसँग एकता गरे । यो समूहको माउ पार्टीको नाम माक्र्सवादी थियो ।

माओवादी र डा। लोकेन्द्र शर्मा समूहबीच एकता

शर्मा नेकपा संयुक्तको राष्ट्रिय परिषद् सदस्य थिए । उनी आफूसहित १ सय ९५ जना नेता कार्यकर्तासहित माओवादीमा प्रवेश गरे ।

जितवीर लामा समूहबीच एकता

नेकपा एमाले हुँदै नेकपा एकीकृतको सचिवालय सदस्य थिए । पछि उनले आफ्नै नेतृत्वमा नेकपा एकीकृत पार्टी बनाए । उनले आफ्नो नेतृत्वको सो पार्टीलाई २६ असार २०६५ मा माओवादीमा मिलाए ।

माओवादी र नेकपा एकता केन्द्रबीच एकता

नेकपा ९माओवादी० बन्नुअघि एकै ठाउँमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ फेरि एक ठाउँमा आइपुगे । श्रेष्ठ नेतृत्वको एकता केन्द्र र माओवादीबीच २९ पुस २०६५ मा एकता भयो । यसको औपचारिक घोषणा भने २२ माघमा भयो ।

पार्टी एकतापछि माओवादीको नाम परिवर्तन भएर एकीकृत नेकपा ९माओवादी० भयो । यो एकताका क्रममा नेकपा ९माओवादी० ले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन २०५७ बाट पारित गरेको ‘प्रचण्डपथ’ छाड्यो ।

क्रान्तिकारी माओवादी र एमाओवादीबीच एकता

शान्ति प्रक्रियामा आएको ६ वर्षपछि २०६९ सालमा माओवादी विभाजित भयो । २०६९ सालमा मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी बन्यो । वैद्यसँगै गएका रामबहादुर थापा ‘बादल’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को एक समूह ६ जेठ २०७३ मा पुनः प्रचण्ड नेतृत्वको एनेकपा माओवादीमा आयो ।

सोही दिन विभिन्न समयमा विभाजित भएका मातृका यादव, मणि थापासहितका १० घटकबीच एकता भएर नेकपा ९माओवादी केन्द्र० बन्यो । यो चरणमा एकतामा आउन मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका नेता १ जेठ २०७३ मा अलग समूह बनाए । उनको समूह एकतामा आउनेमध्ये सबैभन्दा ठूलो समूह थियो ।

२०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेका मातृका यादव नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा ९एकता केन्द्र०सँगको एकताका क्रममा अलग भएका थिए । उनी पनि सोही दिन माओवादी केन्द्रमा मिसिए भने २०६२ सालबाट अलग भएका मणि थापा पनि यही दिन पार्टी एकतामा सहभागी भए ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट नेत्रविक्रम चन्द विप्लव अलग भए । यसपछि जयपुरी घर्ती पनि माओवादीमा आइन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेता कार्यकर्ता पनि यही दिन पार्टीमा फर्किए । यही दिनबाट नेकपा ९माओवादी केन्द्र० बन्यो ।

माओवादी केन्द्र र नेकपा (संयुक्त)बीच एकता

नेकपा माओवादी केन्द्र र नेकपा ९संयुक्त०बीच पार्टी एकता भयो । गणेश शाहले पार्टी एकता गरेका थिए । धेरै लामो समयदेखि रुसपन्थीको नामले चिनिने यो समूहले माओवादी केन्द्रसँग एकता गरेको थियो ।

माओवादी केन्दसँग नयाँ शक्ति

माओवादी छोडेर नयाँ शक्तिमा आबद्ध देवेन्द्र पौडेल ६ भदौ २०७४ मा माओवादी केन्द्रमा फर्किए । उनी पनि आफूसँगै ठूलो समूह लिएर फर्किएका थिए । यही दिन विप्लवका केन्द्रीय सदस्य जीवन खत्री पनि माओवादी केन्द्रमा समाहित भएका थिए ।

अनि चुनावी मोर्चा हुँदै एकता

नेकपा (माओवादी केन्द्र)  र नेकपा एमालेबीच १७ असोज २०७४ मा चुनावमा संयुक्त मोर्चा बनाएर जाने सहमतिसहित ६ बुँदे सहमति भयो । यो सहमति हँुदासम्म नयाँ शक्ति पार्टी नेपाल पनि सहभागी थियो । तर, पछि उसले मोर्चा छोड्यो । नयाँ शक्तिले २७ असोजमा मोर्चाबाट बाहिरिएको घोषणा ग¥यो ।

यही मोर्चाबाट एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चुनावमा उतारे । साझा घोषणापत्र बनाएर चुनाव लडेका यी दुवै पार्टीले लगभग दुई तिहाइको नजिक संसदमा प्रतिनिधित्व गरे । गत ७ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा ७ बँुदे सहमति भयो । दुवै पार्टीबीच एकीकरणको आधार भनिएको सो सहमतिपत्रमा पार्टीको नाम र निर्देशक सिद्धान्तबारे लेखिएको छ ।

२०७४ जेठ ३ गते ९मदन–आश्रित स्मृति दिवसको अवसर पारेर० दुई ९एमाले र माओवादी केन्द्र० पार्टी एक ९नेकपा० भएको घोषणा गरियो । ३ जेठ २०७५ मा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवसका दिन दुवै पार्टीले विधिवत रुपमा पार्टी एकताको घोषणा गरे । घोषणा हुनुपहिले धेरै बैठक, भेटघाट र छलफल गरेर निष्कर्षमा पुगेका थिए । कार्यदलहरु बनेका थिए ।

पार्टी एकता हुदाँ ओली र प्रचण्डबीच लगातार वान टु वान वार्ता हरु भएका थिए । वार्तामा दुवै जना ५ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको बुझिएको थियो । यसैगरी पार्टीपनि दुवै जना समान पद लिएर महाधिवेशन सम्म पार्टी चलाउने विषयमा सहमति भएको थियो । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका थिए । तर पछि केही पार्टी भित्रैका ब्यक्ति राखेर अध्यक्षद्धयवीच एउटा सहमति पत्रमा हस्ताक्षर भएको थियो । तर पछिल्लो समयमा आएर एकता महाअधिवेशन सम्म सरकारको संचालन अर्का अध्यक्ष केपी शर्मा ओलीले निरन्तरता दिने र अर्का अध्यक्ष प्रचण्डले कार्याकारीरुपमा पार्टी संचालन गने भद्र सहमति भएको थियो ।

डकुमेण्टमा प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेण्टका रुपमा मात्र लिने दुवै नेता सहमत भएका थिए ।नेकपा स्थापना भएको ७० वर्ष पछि पुनः नेकपा बनेको छ । नेकपा दुई तिहाइ सिटसहित सत्तारुढ दल बनेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा फुट र जुटको सबैभन्दा बढी चर्चा हुने गर्छ । सैद्धान्तिक रुपमा मूलतः एकै ठाउँ भेटिने कम्युनिस्टहरु सत्ता र पार्टी नेतृत्व विवादले फुट्ने गरेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com