ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मंसिरमा ( यस्तो छ कम्युनिष्टहरुको एकताको शृंखला )


एबीसी न्यूज

काठमाडौं, ४  साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मंसिरमा हुने भएको छ । सचिवालय बैठकमा नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका थिए ।

अध्यक्ष ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए । बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले महाधिवेशन गर्ने ओलीको प्रस्तावको समर्थन गरेका छन् । राम्रो प्रस्ताव आएको भन्दै तीनै नेताले यसले पार्टीको समस्या समाधान गर्ने मत राखेका छन् ।

प्रचण्ड र बादल पनि ओलीकै प्रस्तावको पक्षमा उभिएपछि ९ सदस्यीय सचिवालयको बहुमत ओलीको पक्षमा देखिएको छ । शनिबार बालुवाटारमा सचिवालय बैठक सुरु गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी फुट्न दिन नहुनेमा जोड दिए । पार्टी र सरकार सञ्चालनका क्रममा आफूबाट भएका कमी कमजोरीप्रति आत्मालोचना गर्ने भन्दै उनले अर्का अध्यक्ष र अरु नेताहरुले पनि आफ्नो कमजोरीप्रति आत्मालोचना गर्दै अघि बढ्नुपर्ने बताए ।

पार्टीमा अहिले देखिएको संकटको निकास महाधिवेशन भएको भन्दै उनले मंसिरमा गर्ने प्रस्ताव राखे । ‘चैतमा गर्ने भनेकै छ, सकिन्छ भने मंसिरमा गरौं’ बैठकमा प्रधानमन्त्रीले भने, ‘विचारको छलफल त्यस्तै हो, छलफल नगरेकै कारण एक भएर चुनावमा गयौं, पार्टी एकता भयो । छलफल गर्‍यो भने बिग्रन्छ ।’

अर्का अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावको समर्थन गरे । उनले आलोपालो प्रधानमन्त्रीको विषय आफूले छाडेको भन्दै महाधिवेशनबाटै निकास खोज्नुपर्नेमा धारणा राखेको एक नेताले बताए । वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनबारे छलफल गरौं भन्ने प्रस्ताव ठीक भएको तर स्थायी कमिटीमा भइरहेको छलफललाई निरन्तरता दिनुपर्ने बताए ।

२१ कम्युनिस्ट शक्ति मिलेर यसरी बन्यो नेकपा

प्रजातान्त्रिक शक्तिको तुलनामा वाम शक्तिबीच फुटको शृंखला निकै रोचक छ । तर, धेरैले वास्ता नगरेको विषय कम्युनिष्ट शक्तिबीचको एकता हो ।

२००६ सालमा जन्मिएर जुट र फुटको इतिहाससहित हुर्किएका कम्युनिष्ट शक्तिको एक वर्षअघिको मिलनले इतिहासकै शक्तिशाली सरकार छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपासम्म आइपुग्दा वाम शक्तिबीच २१ पटक एकता भएको इतिहास छ ।

७० वर्षअघि ९१० वैशाख २००६० मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा बनेको नेकपाका अन्य संस्थापक नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ थिए ।

२०१४ सालमा पहिलो विभाजनको बीउ रोपिएपछि लामो समय फुटको नियति बेहोरेका कम्युनिष्ट शक्ति एक वर्षअघि एक ठाउँमा जुट्दा जुटको शृंखला २१ पुगेको छ ।

यस्तो छ एकता शृंखला

एकताको संस्थागत पहल स्वरूप झापा जिल्ला कमिटी मालेले अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी गठन गर्यो । जुन २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) का रुपमा चिनियो ।

२०३६ सालमा मनमोहन अधिकारीले ललितपुरमा मोहनविक्रम सिंह र शम्भुराम श्रेष्ठसँग एकता सम्मेलन गरेर नयाँ पार्टी बनाए । सो पार्टी नेकपा मनमोहन समूहले चिनियो । पुनः २०४३ सालमा सहाना प्रधान नेतृत्वको पुष्पलाल समूहसँग एकता गरेर नेकपा (माक्र्सवादी) बनाए ।

मालेसँगको मिलन

२०३६ सालतिर पश्चिम नेपालमा पनि साउनमा गण्डकी अञ्चलको माक्र्सवादी–लेनिनवादी क्रान्तिकारी कम्युनिस्ट दल, अर्घाखाँचीमा कम्युनिस्ट क्रान्तिकारी, माक्र्सवादी लेनिनवादी अध्ययन समूह, कोसी, जनकपुर र वाग्मती अञ्चलमा रहेका समूहले मालेसँग एकता गरे ।

वाममोर्चा

२ माघ २०४६ मा सहाना प्रधान नेतृत्वमा वाम मोर्चा गठन भयो । त्यस्तै, बाबुराम भट्टराईलगायत संयुक्त मोर्चामा जोडिए । २२ पुस २०४७ मा नेकपा माले र माक्र्सवादी मिलेर नेकपा एमाले बन्यो ।

एकता केन्द्र

२०४७ सालमा मोहनविक्रम सिंहको नेकपा ९मसाल०बाट हरिबोल गजुरेलको नेतृत्वमा बाबुराम भट्टराईसहितका नेताले विद्रोह गरेर विद्रोही मसाल बनाए । विद्रोही मसाल र प्रचण्ड नेतृत्वको एकता केन्द्रबीच एकता भयो । त्यसलगत्तै नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय सुरु भयो ।

नेकपा माले र नेकपा माक्र्सवादी मिलेर नेकपा एमाले बन्यो । नेकपा मशाल, नेकपा चौम, नेकपा मसाल र नेकपा सर्वहारावादी श्रमिक संगठनबीच एकता हँुदा नेकपा (एकता केन्द्र) बन्यो ।

२०४८ को तरंग

रुसपन्थी भनिएका केही समूह मिलेर २०४८ सालमा नेकपा संयुक्त गठन भयो । यसमा सामेल थिए, नेकपा अमात्य, नेकपा मानन्धर र नेकपा वर्मा । नेकपा संयुक्तबाट वर्मा फेरि छुट्टियो । अमात्य पछि एमालेमा मिसिए । अमात्यका केही कार्यकर्ताले पुनः नेपाल साम्यवादी पार्टी गठन गरे । यो पार्टी पनि पुनः मालेसँग मिले ।

एमाले, माले फेरि एमाले

एमाले २०५४ सालमा पुनः विभाजित भयो । वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेको संस्थापन समूह २०५८ सालमा पुनः एमालेमा फर्कियो । अर्का नेता सीपी मैनालीले भने मालेलाई निरन्तरता दिए । उनको यो राजनीतिक यात्रा आजसम्म जारी छ ।

समताको विलय

२६ असोज २०७४ मा नेकपा एमाले र मेघराज निसादले नेतृत्व गरेको मधेस समता पार्टीबीच पनि एकता भयो । निसाद केपी ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा उद्योग राज्यमन्त्री भए ।

अनि चुरे पनि

चुरेभावर पार्टी पनि २७ असोज २०७४ मा एमालेमा विलय भयो । चुरेभावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले एमालेसँग पार्टी एकता गरे ।

माओवादी धारको जग

३० भदौ ७ असोज २०३१ सम्म एउटा पार्टीले चौथो महाधिवेशन ग¥यो । यसलाई पछि नेकपा (चौथो महाधिवेशन) भन्न थालियो । यसमा पनि विभाजन आयो । २०४० सालमा नेपाल कम्युनिस्ट पार्टी ९मशाल० बन्यो । २०४० फागुनमा निर्मल लामालगायतले पनि नेपाल कम्युनिस्ट पार्टी (चौम) बनाए ।

मशालले एक वर्षपछि भारतको अयोध्यामा पाँचौं महाधिवेशन ग¥यो । यो पार्टी पनि पछि विभाजित भयो । २०४८ मा एकता केन्द्र बन्यो । तर, यो पनि विभाजित भयो र २०५१ सालमा राष्ट्रिय सम्मेलन ग¥यो । यसको नेतृत्व नरबहादुर कर्माचार्यले गरे । उता, प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) बन्यो ।

माओवादी–मसाल एकता

११ पुस २०५७ मा माओवादी र मोहनविक्रम सिंहबाट विद्रोह गरेर बनेको मसालबीच एकता भयो । मसालको नेतृत्व दीनानाथ शर्माले गरेका थिए । माओवादी सशस्त्र विद्रोह सुरु भएपछि एकता गर्ने पहिलो पार्टी भयो, मसाल ।

माओवादी–किराँत मिलन

गोपाल किराँती नेतृत्वको किराँत वर्कस पार्टीले पनि माओवादीसँग एकता ग¥यो । २०६० साल असारमा यी दुवै पार्टीबीच झापामा एकता भएको हो ।

माओवादी र नेकपाबीच एकता

एकता केन्द्र र मसालबाट विद्रोह गर्दै केशव नेपालले कम्युनिस्ट पार्टी गठन गरे । यो पार्टी र माओवादी एकता केन्द्रबीच २२ चैत २०६३ मा एकता भयो ।

त्यसपछि जोडियो नेकपा मालेमा केन्द्र

माओवादी र नेकपा मालेमा केन्द्रबीच ६ असोज २०६४ मा एकता भयो । मालेमा केन्द्रका तर्फबाट कृष्णदास श्रेष्ठले नेतृत्व गरेका थिए । पछि श्रेष्ठलाई माओवादीको सल्लाहकार समितिको अध्यक्ष बनाइयो ।

माओवादीसँग संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा

यी दुवैबीच २८ वैशाख २०६४ मा एकता भयो । मोर्चाबाट राममान श्रेष्ठले नेतृत्व गरेका थिए ।

माओवादी र विद्रोही मसालबीच एकता

माओवादी र विद्रोही मसालबीच पनि एकता भयो । यो सानो समूह पनि माओवादीमा मिल्यो । २०६४ जेठमा यो समूहले एकता गरेको थियो । यो समूह मसालसँग असन्तुष्ट थियो । यसको नेतृत्व भानु कँडेल जैसीले गरेका थिए ।

माओवादी र नेमकिपा विद्रोही समूह

यी दुईबीच पनि २०६५ साल जेठमा एकता भयो । विद्रोही समूहको नेतृत्व दैलेखका हर्कबहादुर शाहीले गरेका थिए । उनीसँगै ६ सय ३३ जना माओवादीमा आएका थिए । माओवादीमा आएको ४ वर्षपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा गएका शाहीको गत २६ चैतमा निधन भयो ।

माओवादी र टीकाविक्रम समूहबीच एकता

टीकाविक्रम हमाल समूहले पनि १० फागुन २०६४ मा माओवादीसँग एकता गरे । यो समूहको माउ पार्टीको नाम माक्र्सवादी थियो ।

माओवादी र डा। लोकेन्द्र शर्मा समूहबीच एकता

शर्मा नेकपा संयुक्तको राष्ट्रिय परिषद् सदस्य थिए । उनी आफूसहित १ सय ९५ जना नेता कार्यकर्तासहित माओवादीमा प्रवेश गरे ।

जितवीर लामा समूहबीच एकता

नेकपा एमाले हुँदै नेकपा एकीकृतको सचिवालय सदस्य थिए । पछि उनले आफ्नै नेतृत्वमा नेकपा एकीकृत पार्टी बनाए । उनले आफ्नो नेतृत्वको सो पार्टीलाई २६ असार २०६५ मा माओवादीमा मिलाए ।

माओवादी र नेकपा एकता केन्द्रबीच एकता

नेकपा ९माओवादी० बन्नुअघि एकै ठाउँमा रहेका पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ फेरि एक ठाउँमा आइपुगे । श्रेष्ठ नेतृत्वको एकता केन्द्र र माओवादीबीच २९ पुस २०६५ मा एकता भयो । यसको औपचारिक घोषणा भने २२ माघमा भयो ।

पार्टी एकतापछि माओवादीको नाम परिवर्तन भएर एकीकृत नेकपा ९माओवादी० भयो । यो एकताका क्रममा नेकपा ९माओवादी० ले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन २०५७ बाट पारित गरेको ‘प्रचण्डपथ’ छाड्यो ।

क्रान्तिकारी माओवादी र एमाओवादीबीच एकता

शान्ति प्रक्रियामा आएको ६ वर्षपछि २०६९ सालमा माओवादी विभाजित भयो । २०६९ सालमा मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी बन्यो । वैद्यसँगै गएका रामबहादुर थापा ‘बादल’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को एक समूह ६ जेठ २०७३ मा पुनः प्रचण्ड नेतृत्वको एनेकपा माओवादीमा आयो ।

सोही दिन विभिन्न समयमा विभाजित भएका मातृका यादव, मणि थापासहितका १० घटकबीच एकता भएर नेकपा ९माओवादी केन्द्र० बन्यो । यो चरणमा एकतामा आउन मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीका नेता १ जेठ २०७३ मा अलग समूह बनाए । उनको समूह एकतामा आउनेमध्ये सबैभन्दा ठूलो समूह थियो ।

२०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री रहेका मातृका यादव नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा ९एकता केन्द्र०सँगको एकताका क्रममा अलग भएका थिए । उनी पनि सोही दिन माओवादी केन्द्रमा मिसिए भने २०६२ सालबाट अलग भएका मणि थापा पनि यही दिन पार्टी एकतामा सहभागी भए ।

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबाट नेत्रविक्रम चन्द विप्लव अलग भए । यसपछि जयपुरी घर्ती पनि माओवादीमा आइन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेता कार्यकर्ता पनि यही दिन पार्टीमा फर्किए । यही दिनबाट नेकपा ९माओवादी केन्द्र० बन्यो ।

माओवादी केन्द्र र नेकपा (संयुक्त)बीच एकता

नेकपा माओवादी केन्द्र र नेकपा ९संयुक्त०बीच पार्टी एकता भयो । गणेश शाहले पार्टी एकता गरेका थिए । धेरै लामो समयदेखि रुसपन्थीको नामले चिनिने यो समूहले माओवादी केन्द्रसँग एकता गरेको थियो ।

माओवादी केन्दसँग नयाँ शक्ति

माओवादी छोडेर नयाँ शक्तिमा आबद्ध देवेन्द्र पौडेल ६ भदौ २०७४ मा माओवादी केन्द्रमा फर्किए । उनी पनि आफूसँगै ठूलो समूह लिएर फर्किएका थिए । यही दिन विप्लवका केन्द्रीय सदस्य जीवन खत्री पनि माओवादी केन्द्रमा समाहित भएका थिए ।

अनि चुनावी मोर्चा हुँदै एकता

नेकपा (माओवादी केन्द्र)  र नेकपा एमालेबीच १७ असोज २०७४ मा चुनावमा संयुक्त मोर्चा बनाएर जाने सहमतिसहित ६ बुँदे सहमति भयो । यो सहमति हँुदासम्म नयाँ शक्ति पार्टी नेपाल पनि सहभागी थियो । तर, पछि उसले मोर्चा छोड्यो । नयाँ शक्तिले २७ असोजमा मोर्चाबाट बाहिरिएको घोषणा ग¥यो ।

यही मोर्चाबाट एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार चुनावमा उतारे । साझा घोषणापत्र बनाएर चुनाव लडेका यी दुवै पार्टीले लगभग दुई तिहाइको नजिक संसदमा प्रतिनिधित्व गरे । गत ७ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा ७ बँुदे सहमति भयो । दुवै पार्टीबीच एकीकरणको आधार भनिएको सो सहमतिपत्रमा पार्टीको नाम र निर्देशक सिद्धान्तबारे लेखिएको छ ।

२०७४ जेठ ३ गते ९मदन–आश्रित स्मृति दिवसको अवसर पारेर० दुई ९एमाले र माओवादी केन्द्र० पार्टी एक ९नेकपा० भएको घोषणा गरियो । ३ जेठ २०७५ मा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवसका दिन दुवै पार्टीले विधिवत रुपमा पार्टी एकताको घोषणा गरे । घोषणा हुनुपहिले धेरै बैठक, भेटघाट र छलफल गरेर निष्कर्षमा पुगेका थिए । कार्यदलहरु बनेका थिए ।

पार्टी एकता हुदाँ ओली र प्रचण्डबीच लगातार वान टु वान वार्ता हरु भएका थिए । वार्तामा दुवै जना ५ वर्ष आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको बुझिएको थियो । यसैगरी पार्टीपनि दुवै जना समान पद लिएर महाधिवेशन सम्म पार्टी चलाउने विषयमा सहमति भएको थियो । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका थिए । तर पछि केही पार्टी भित्रैका ब्यक्ति राखेर अध्यक्षद्धयवीच एउटा सहमति पत्रमा हस्ताक्षर भएको थियो । तर पछिल्लो समयमा आएर एकता महाअधिवेशन सम्म सरकारको संचालन अर्का अध्यक्ष केपी शर्मा ओलीले निरन्तरता दिने र अर्का अध्यक्ष प्रचण्डले कार्याकारीरुपमा पार्टी संचालन गने भद्र सहमति भएको थियो ।

डकुमेण्टमा प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेण्टका रुपमा मात्र लिने दुवै नेता सहमत भएका थिए ।नेकपा स्थापना भएको ७० वर्ष पछि पुनः नेकपा बनेको छ । नेकपा दुई तिहाइ सिटसहित सत्तारुढ दल बनेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा फुट र जुटको सबैभन्दा बढी चर्चा हुने गर्छ । सैद्धान्तिक रुपमा मूलतः एकै ठाउँ भेटिने कम्युनिस्टहरु सत्ता र पार्टी नेतृत्व विवादले फुट्ने गरेको इतिहास छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com