ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको सचिवालय बैठक : थप छलफल गर्दै पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने सहमति


एबीसी न्यूज


काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकट सहमतिकै आधारमा अन्त्य गर्नेगरी छलफल अगाडि बढाएको छ । दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चार घण्टा लामो छलफलमा आन्तरिक मतभेद अन्त्य गर्ने विविध कोणबाट छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार ३ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठकमा सहमतिको सन्देश दिने उद्देश्यले बसेको सचिवालय बैठकमा संकट अन्त्यको विविध कोणबाट छलफल भएपनि ठोस सहमति भने नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । “पार्टी एकता रक्षा र सुदृढ गर्दै जनताको जनादेशअनुसार काम गर्नेगरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निर्णय भएको छ” उहाँले भन्नुभयो । बैठकमा अध्यक्षसहित नेताहरुले विभिन्न विचार प्रस्तुत गर्नुभएको र समस्याको समाधान सहमतिकै आधारमा निकालौं भन्ने भएको उहाँले बताउनुभयो ।

राम्रोसँग छलफल भएको छ, अझै व्यवस्थित ढंगले प्रस्तावहरु बैठकमा आएपछि थप छलफल हुने उहाँले प्रष्ट पार्नुभयो । पत्रकारको जिज्ञासापछि नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने निर्णय नभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको राजिनामाको विषयमा पत्रकारको प्रश्नको जवाफ त्यो विषय कुनै प्रस्ताव नबनेको र निर्णयार्थ प्रस्तुत पनि नभएको बताउनुभयो । भोलि स्थायी समितिको बैठक निर्धारित समयमै हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com