ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले अयोध्याबारे स्पष्टीकरण दिइसक्यो, थप टिप्पणी नगरौं – भारत


एबीसी न्यूज

काठमाडौं, १ साउन । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्याबारेको भनाईका सन्दर्भमा कुनै टिप्पणी नगर्ने जनाएको छ।

बिहिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री ओलीको भनाइका सन्दर्भमा स्पष्ट पारिसकेकाले थप टिप्पणी आवश्यक नरहेको बताएका हुन।

प्रवक्ता श्रीवास्तवले भारतको साँस्कृतिक विरासतबारे विश्वलाई थाहा भएका भन्दै यस अभिव्यक्तिका बारे अरु कुनै टिप्पणी गर्न नचाहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम भारतीय नभएको र उनको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको व्यापक आलोचना भएपछि नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको थियो।

मङ्गलवार साँझ जारी गरेको विज्ञप्तिमा परराष्ट्रले प्रधानमन्त्री ओलीको भनाइ ‘कुनै राजनीतिक विषयसँग सम्बन्धित नभएको’ र ‘कसैको भावनामा आघात पुर्‍याउने उद्देश्यले नगरिएको’ बताएको थियो।

‘प्रधानमन्त्रीेले दिनुभएको अभिव्यक्ति कुनै पनि राजनीतिक बिषयसँग सम्बन्धित छैन र कसैको भावना र आस्थामा चोट पुर्याउने मनसाय त्यसमा छैन।’ विज्ञप्तिमा भनिएको थियो।

तर, परराष्ट्रले श्रीरामका बारेमा थप अध्ययन र अनुसन्धान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको उल्लेख गरेको छ।

‘श्रीराम र उहाँसँग सम्बन्धित ठाउँहरुबारे थुप्रै अनुमान र सन्दर्भहरु भएको हुँदा प्रधानमन्त्रीले रामायणले प्रतिनिधित्व गर्ने विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने महत्वमाथि प्रकाश पार्नु भएको हो,’।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com