ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टायता थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित


एबीसी न्यूज

काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो । भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा रहेकै अवस्थामा स्वस्थ्यमा समस्या आएको थियो ।

असार २९ गते स्वास प्रस्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिुएको थियो । सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन् ।

प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९९, बागमती प्रदेशमा ४ सय ६६ र गण्डकी प्रदेशमा ३ सय ६९ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५१, कर्णाली प्रदेशमा ३ सय २०, र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना रहेका छन् । बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छ । आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com