ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८० देखि ९० लाखको हाराहारीको सलह झुण्ड नेपाल प्रवेश गरेसगै विखण्डित


एबीसी न्यूज

Beawar: A young child attempts to chase away a swarm of locusts, at Fatehgarh Salla village near Beawar, Monday, May 11, 2020. Locusts arriving from neighbouring Pakistan are threatening livelihoods of local farmers and cattle herders in Rajasthan. (PTI Photo)(PTI11-05-2020_000119A)

काठमाडौँ, ३० असार ।  हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ । नेपालमा त्यसले उत्पादन मै असर गर्ने गरी ठूलो क्षति पु¥याउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भन्नुभयो, “केही ठाउँमा सामान्य क्षति गराएको भएपछि उत्पादन मै असर गर्नै गरी क्षति पु¥याएको छैन, मुख्य गरी हामीलाई मौसमले साथ दियो, त्यसपछि किसान आफैँ सक्रिय भएर धेरैबेर अडिन दिएका छैनन्, त्यसैले बालीनाली जोगिएको छ ।” किसानले विभिन्न उपाए अपनाएर बालीमा पाँच मिनेट पनि बस्न नदिएकाले क्षति हुनबाट रोकिएको छ । त्यसपछि मौसम सक्रिय हुँदा सलह सक्रिय हुन पाएको छैन । ठूलो क्षति नभए पनि के कस्तो क्षति बनाएको छ भनेर विवरण सङ्कलनको काम जारी रहेको केन्द्रले जनाएको छ ।

यसपटक सबै स्थानीय तह कृषि प्राविधिक र केन्द्रको समन्वयमा सूचना प्रणालीलाई व्यवस्थित गर्दा पनि बेलैमा सावधानी अपनाउन सकिएको हो । शुरुको समयमा झण्डै ८० देखि ९० लाखको हाराहारीको फरकफरक झुण्ड नेपालमा आएको थियो । त्यो छिन्नभिन्न भएर सानासाना झुण्डमा परिणत भयो । मौसम अनुकूल नहुँदा कति मरेर गए भने झुण्ड टुक्रिँदै जाँदा प्रभावहिन बन्न पुग्यो । पहिलो चरणमा आएको केही विखण्डित झुण्ड अझै पनि विभिन्न जिल्लामा सक्रिय छ । हिमाली जिल्ला प्रवेश गरेको झुण्ड भने मरेका छन् । अहिले घुमिरेहका झुण्ड भने कमजोर खालको छ ।

पछिल्लो पटक आइतबार भारतको बहराइच र सीतापुरबाट विखण्डित सलहको समूह नेपाल प्रवेश गरेको थियो । नेपालमा दाङ जिल्लाबाट प्रवेश गरेको उक्त केही हजारको झुण्ड प्यूठानको माण्डवी र झिमरुक गाउँपालिका तथा प्यूठान र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएर बसेको थियो । अहिले उक्त भुण्ड कहिले आकाशमा घुम्ने, कहिले जङ्गलमा बस्ने र कहिले किसानका खेतमा आउने गरिरहेको छ । केही रोल्पा मोडिएको छ ।

बालीमा बस्न लागेको अवस्थामा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिएपछि उत्तर–पश्चिमतर्फ लागेको केन्द्रले जनाएको छ । त्यसका केही समूह भने प्यूठानमै पनि रहेको छ । सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा लगाएर प्यूठानका किसानले खेतबाट सलह धपाएका थिए ।

भारततर्फको सिमावर्ती क्षेत्रामा रहेको करिब १० हजारको एउटा झुण्ड नपलपरासीको त्रिवेणी गाउँपालिकाबाट प्रवेश गरेको थियो । अहिले त्यो झुण्ड जङ्गलमा आश्रय लिई धानखेतमा आउने जाने गरिरहेको छ । हाल वर्षात् भइरहेकाले खासै नोक्सानी गर्न नसकेको विज्ञले बताएका छन् । कीटविज्ञ तथा सलह अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य समुन्द्रलाल जोशी नेपालमा सलहले खासै क्षति पु¥याउन नसकेको बताउनुहुन्छ । “जसरी क्षति गर्नुपथ्र्यो सकेको छैन, एक त लगातार पानी परिरहेको छ, अर्को किसानले अवरोध गरिरहेका छन्, धेरै समय खेतीबालीमा बस्न नपाउँदा क्षति रोक्न सकिएको छ”, जोशीले रासससँग भन्नुभयो । उहाँले अहिलेसम्म ५४ जिल्लामा सलह देखिइसकेको बताउनुभयो ।

शुरुमा असार १३ देखि १६ सम्ममा प्रवेश गरेकामध्ये छरिएर गएका सानो सङ्ख्याका सलहले अझै बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोटलगायतका जिल्लामा आफ्नो उपस्थिति देखाइरहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ को दक्षिण पश्चिम र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेकोले नेपाल छिरेको थियो । आज सुदूरपश्चिममा दक्षिण–पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ । बुधबारदेखि भने दक्षिण–पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने पूर्वानुमान गरिएको छ । आज र भोलि जति प्रवेश गर्छ, त्यसपछि केही दिन प्रवेश गर्ने सम्भावना नरहेको केन्द्रका प्रवक्ता सुवेदीले बताउनुभयो ।

अबको दुई दिन भने भारतको सीमावर्ती क्षेत्रमा छरिएर रहेका केही झुण्ड सलह अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण–पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले केन्द्रले तराई क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध गरेको छ । नेपालमा सोमबार प्रवेश गरिसकेका सलहको हकमा वायुको सहारामा उत्तर–पश्चिमतर्फ अगाडि बढ्न सक्ने सम्भावना देखिएको छ । यस्तै भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्नसक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारीमा रहनसमेत सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com